banner
banner

के सल्लाह दिन्छन् यस्ता सल्लाहकार ?

सल्लाहकारले सल्लाह दिने हो कि नेतृत्व मै हुँ भनेर भाषण गर्ने ? यही कुरा नेपालमा बुझिनसक्नु भएको छ । यी प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई हुन्, यिनले भनेका छन्– अव सरकार देखिने काम गर्छ । अव काम देखिन्छ ।
के अहिलेसम्म सरकार भूमिगत थियो ? भूमिगत थियो भने के गरिरहेको थियो, यिनी किन सरकारले देखिने र नदेखिने काम गरेको व्याख्या गरिरहेका छन् ?
इपीजीमा यिनलाई राखियो, १९५० को सन्धि खारेज गरेर अर्को समयानुकूल सन्धि गर्न यिनको भूमिका थियो कि थिएन शंकै छ । किनभने भारतले इपीजी रिपोर्ट फेर्ने कसरत थालेको रहेछ ।
जनआन्दोलनका बेलामा जेएनयुमा डाक्टर गर्दै गरेका यिनी भारतका लागि काम गर्छन् भन्ने आरोप छ । शायद भारतपक्ष भएकैले यिनलाई इपीजीमा सदस्य मनोनित गरेको हुनसक्छ ।
माधव कुमार नेपालको प्रधानमन्त्रीत्वदेखि यिनलाई सल्लाहकार राख्ने र पार्टीमा विदेश विभागको जिम्मेवारी दिने गरिनु पनि शंकामा छ । संविधानसभामा मनोनित भएका यिनी जहिले पनि नेपाल भारत सम्बन्ध ठिक ट्य्राकमा छ, सम्बन्ध सुमधुर छ भन्छन् । कसरी सुमधुर छ, ६० हजार हेक्टर भूमि भारतले खाइसक्यो, अर्को १० हजार १९ बर्ग किलोमिटर भारतले लगिसकेको बताइन्छ, यिनी भन्छन्– भारतसँग सम्बन्ध सुमधूर छ । गौतम गोविन्दलाई सीमामा मारियो यिनी बोल्दैनन, यी कस्ता नेपालवादी, कस्ता सल्लाहकार हुन् ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper