banner
banner

डा. केसी गर्जेपछि

काठमाडौं । डा.गोविन्द केसीले अर्को चरणको अनसन थाल्ने जनाउ दिएपछि एकाएक सरकारी हर्कत अनसन रोक्ने र चिकित्सा शिक्षा विधेयकलाई संसदमा छलफल गराएर पारित गराउनेतिर लागेको संकेत देखिएको छ । सांसद गगन थापाले दिएको जानकारीअनुसार हिउँदे अधिवेशनको पहिलो छलफल नै चिकित्सा शिक्षा विधेयकमाथि हुनेवाला छ ।
स्रोतका अनुसार यही मंसिर ९ गतेबाट संसदमा चिकित्सा शिक्षा विधेयक छलफल मा आउने छ । यसमा प्रतिपक्षले समेत सरकार र डा.गोविन्द केसीवीच भएका सहमति, यसअघिका सम्झौताहरुलाई समेत मध्ये नजर राखेर चिकित्सा शिक्षा विधेयक छलफल गरेर पारित गराउनेछ ।
गोविन्द केसी फेरि पनि आमरण अनसन बसे भने सरकारको अलोकप्रियता बढ्ने निष्कर्ष निकालेर सत्तापक्ष चिकित्सा शिक्षा विधेयक पारित गर्न तम्सिएको हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper