banner
banner

राजपा आन्दोलन कि अधिवेशन

काठमाडौं । आज छठ पूजा, राजपाका नेताहरुले छठी मैयाँको पूजा पनि शान्ति र खुशीसाथ मनाउन पाएनन् । कारण संविधान संशोधन भएन, नेकपाले राजपाको माँग पूरा गरेन । अव के गर्ने ? राजपा छटपटीमा छ ।
केही नेताले सरकारलाई दिएको समर्थन फिर्ता लिने धमास पनि दिएका छन् भने केही नेता अव अन्तिम आन्दोलन गर्नुपर्छ भनिरहेका छन् । यता महाधिवेशनको तैयारी चलिरहेको छ । आन्दोलनमा जाने कि महाधिवेशन गर्ने ? सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने ? राजपा माखेसांग्लोमा फसेको छ ।
प्रधानमन्त्रीले २ मन्त्री, २ राज्यमन्त्री दिने भनेर मन्त्रीको चारो हालेर राजपालाई सरकारमा आमन्त्रण गरिरहेका छन् । को मन्त्री खाने, को नखाने, कसलाई दिने, कसलाई नदिने, त्यता पनि समस्या नै छ । संविधान संशोधन भएन भने २ नम्बर प्रदेशले बितरण गर्न ठिक्क पारेको नागरिकता अभियान के हुने ? राजेन्द्र महतो त फेरि पनि नाकावन्दी हुनसक्छ भनेर गर्जिरहेका छन् ।
दुई तिहाईको सरकार छ, राजपा तावाबाट उफ्रेको माछो भुङ्ग्रोको स्थितिमा छ । राजपाको आवाज छ– विश्वास टुट्यो भने बाटो अर्कै हुन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper