banner
banner

नेपाल बचाऔं, नेपाली भएर बाचौं

योगी अविनाथ - 
नेपाल र नेपाली जनताको भबिस्य बर्वाद बनाउने अपराधीक तत्वका हातमा देश यसै पर्न गएको होईन । नेपालका बिद्धान बुद्धिजीवी भन्नेहरुले यो देश प्रती र नेपाली निमुखा जनता प्रति न्याय गरेनन् । आफ्नो देश हुादा पनि माग्ने र थाङ्गनेहरुको देशका रूपमा नेपाल राष्ट्रलाई विश्व राजनितिक रंगमन्चमा बदनाम गराउने अपराध गरियो ।
नेपाल राष्ट्रको प्रगती र उत्थानको बाधक नेपालको राजसस्था र राजा हुन् भन्ने बाह्य तत्वका मतियार दलका नेताहरुले नेपालको राजसस्था र राजालाई राष्ट्रिय राजनितिबाट बाहिर राखेको एक दशक भन्दा बढी भयो । तर तिनिहरुले नेपालको राजसस्था र राजा माथी लगाएको आरोपको पुष्टि हुन सकेन । 
हजारौ नेपाली जनताको जीवन समाप्त पार्दै राज्यको सम्पती पिडित जनतालाई बाढेर राज्यसत्ता र ब्यवस्था चलाउने अप्रजातान्त्रिक नेपालका नेताहरुले नारायणहिटी राजाका हातमा भएको सार्बभौमसत्ताको चाबी हिंसात्मक आन्दोलनका माध्यम द्धारा दिल्लिमा पुगाउने जस्तो गम्भीर अपराध गरे । दिल्लीको योजना अन्त्रगत युद्ध र आन्दोलन गर्ने नेपालका नेराहरुले हाम्रो राष्ट्रियता कमजोर बनाउने काम गरे । नेपालिको सामाजिक सदभावलाई बिथोल्ने जस्ता गम्भीर गल्ती गरे ।
संघीयताका नाममा भुगोलको बिभाजन गरेर नेपाल राष्ट्रलाई एक प्रकारले बिखन्डन गर्ने काम गरे । देश  बिखन्डनको हृदय बिदारक परिणाम अहिले नेपालीले भोगी सकेका छैनौ भोलिका दिनमा पक्कै पनि भोग्नेछौ ।
आफ्नै देश र जनता प्रती यो हदको गद्धारी र बेईमानी गर्नका लागि दलका नेताहरुलाई कसैले रोक्न र छेक्न सकेनन् । किन कि उनिहरुका पछाडि बिदेशिको बल थियो र देश भित्र नेपाली जनतालाई लोकप्रीय सस्ता नारा अगाडि सारिएका थिए ।
संविधानसभाबाट संविधान बनाईयो भने देश स्वर्ग हुनेछ भन्ने हल्ला मचाउने काम गरियो । कहिा नभएको जात्रा हाडी गाउमा भनेकै जस्तो संविधानसभाको चुनाब पनि दुई पटक गरियो । राज्यको सम्पती मास्नु हुादैन भन्ने भावना साशकहरुका दिमागमा देख्न सकिएन । जसरी हुन्छ राज्यको सम्पतिलाई हिनामिना गर्ने र मास्ने काम गरियो । 
दुईदुई वटा संविधानसभाका नाममा गरिएको राज्यको सम्पतिले देशमा हजारौ मेघावाटका बिद्युत उत्पादन गर्न सकिन्थ्यो र सिंगो राष्ट्रका जनताले आफ्नै देशमा उत्पादन भएको बत्तिको उज्यालोमा बस्न पाउने अबस्था सृजना हुनसक्थ्यो । 
राज्यसत्तामा बसेर बिदेशिका पैसा गलत बाटोबाट स्वयम् राज्यकै सम्लगनतामा ल्याउने र आफ्ना शाखा सन्तान पोस्ने जस्ता अपराधिक काम राज्यको शक्तिलाई दुरुपयोग गरेर गर्ने काम गरियो । भइरहेका छन् । 
एक प्रकारले राज्यले स्वयम् नेपाली जनता र नेपाल राष्ट्रमा डकैती मचाउने काम गर्रुयो । राजनितिक दल र दलका नेताहरुलाई नै राज्य हुन जस्तो ठानियो । राज्यका सबै अंग प्रत्यङ्गलाई कामै नलाग्ने गरि निकम्बा साबित गरियो । 
राष्ट्र पुरै अपराधिकरण भयो । जनताले न्याय र सुरक्षा पाउने अबस्था भएन । 
भ्रष्टाचार सदाचार जस्तै भयो । बिदेशी सँगको सम्बन्धलाई अपारदर्शी बनाउदै बिदेशीले जता लैजान्छन्, त्यतै जाने र बिदेशीले भने बमोजिम नेपाल राष्ट्रको राज्य पुनसंचना गर्ने जस्ता अपराध दलका नेताहरुले निर्वाध रुपमा गरे । 
जाति, भाषा, धर्म र भुगोलका आधारमा नेपालिलाई जिवनको अन्त्य सम्म लढ्न पर्ने अबस्था बनाउने दलका नेताहरुलाई कसैले दन्डित गर्न सक्ने कानुनी र संबैधानिक निकायको ब्यवस्था गरिएन । 
अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत स्वतन्त्र हुन पर्ने सबै निकायमा दलीय भागबन्डाका आधारमा मान्छे भर्ना गर्ने असंबैधानिक काम निर्वाद रुपमा दलका नेताहरुले गरे ।  बिदेशीको पैसा खानका लागि जे मन लाग्यो त्यो गर्ने छुट भयो । 
नेतालाई कानुन नलाग्ने, नेताहरुले जति भ्रष्टाचार गर्दा पनि हुने कानुनी ब्यवस्था बनाउने सम्मका अपराध गरिए । देशलाई सबैको देश बनाउनुको सट्टा जाति जातिको, समूह समूह र समुदायको बनाउने र आपसमै जुधाउने काम गरियो । राजनीतिको नाममा यस्तो अपराध गर्नु गराउनु एक प्रकारले देशद्रोह नै थियो । तर देशद्रोह गर्नु नै लोकतन्त्रको मुख्य काम हो जस्तो देखिन थाल्यो । दलका नेताहरुले गरेका अपराधलाई स्वतन्त्र तरिकाले उजागर गर्नुको सट्टा ढाकछोप गर्ने र जनतामा भ्रम सृजना गर्ने जस्ता गम्भीर प्रकृतिका अपराधलाई न्यायोचित जस्तै हुन भनेर व्याख्या गर्ने काम निर्वाद रुपमा भए । 
राष्ट्र र समाजलाई कुनै बिधिमा भन्दा पनि दकका नेताहरुका सहमतिमा चलाउने जंगली युगको पुन: प्रारम्भ गरियो । बिवेक युक्त मानिसका आवाज दबाउने र फरक मत राख्ने नेपालीलाई अछुतको कित्तामा राखेर लोकतन्त्रलाई आफ्नो मात्र बिर्ता हो जस्तै गरि दलका नेताहरुले देशमा डकैती गर्ने काम गरे र गर्दैछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper