banner
banner

मेडिकल शिक्षा बिबाद जारी छ

अधिवक्ता शिव सिग्देल -
प्रधानमन्त्री बिरामी भएर शिक्षण अस्पतालमा भर्ना भए, स्वास्थ्यलाभ गरेर फर्किसकेका छन् । प्रधानमन्त्री स्वस्थ हुनैपर्छ, ड्राइभर स्वस्थ नभए जसरी गाडी दुर्घटनामा पर्ने खतरा हुन्छ, प्रधानमन्त्री देशको चालक हो, प्रधानमन्त्री अस्वस्थ हुनु भनेको देश दुर्घटनामा पर्ने जोखिम भइरहन्छ । स्वास्थ्यलाभ गरेर प्रधानमन्त्री फर्के, राम्रो काम गरुन् ।
त्यसो त ९ महिना हुनै लाग्यो, देशलाई ९ महिने रोग लागेको लामो समय भइसक्यो । हुन त यतिबेला दुई तिहाइको सरकार छ, यति बलियो सरकार पनि ९ महिनामै ढल्ने हो कि भन्ने खतराहरु देखिएका छन् । कारण साधारण छ, ओली सरकारले कामै गर्न सकेन, ओली सरकारले दिएको निर्देशन कर्मचारीले समेत मान्न छाडे । मन्त्रीहरु छाडा भए । शान्ति, समृद्धि र सुशासनको नारा दिएर बनेको ओली सरकार नारामै सिमित हुनपुगेको छ ।
प्रधानमन्त्री बिरामी भएपछि डा.गोविन्द केसीले शीघ्र स्वास्थ्य लाभको कामना गरे । उनले लेखे– म डाक्टरको मेहनतले बाँचिराखेको छु, संयोगवस तपाई र मेरा डाक्टर पनि एकैजना डा.दिव्या नै पर्नुभयो । म निको भएपछि यसपालीको अधिवेशनबाट तीब्रताका साथ स्वास्थ्य सुधारको बिधेयक पारित होस् । ओलीले शायद त्यस्तै गर्नेछन्, उनी जो बिरामी थिए, बिरामी परे र उपचार पाए । उनले अनुभव गरेको हुनुपर्छ, डा. गोविन्द केसीका माँग जायज छन्, जायज भएरै सहमति भएको हो र सहमतिअनुसार नै मेडिकल शिक्षा सर्वसुलभ तरिकाले व्यवस्थित गर्न प्रधानमन्त्री लागिपर्नेछन् ।
तर राजधानीमा मेडिकल कलेज खोल्ने, मनलागी पैसा अशूल गर्ने मेडिकल माफियाहरु प्रधानमन्त्री र नेकपाको दुई तिहाईको उपयोग गर्ने षडयन्त्रमा छन् । प्रधानमन्त्री ओली सावधान ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper