banner
banner

राजपालाई सरकारमा भित्र्याइदैछ

काठमाडौं । संविधान संशोधन गरेर राजपालाई सत्तामा साझेदार बनाउने होमवर्क थालेका प्रधानमन्त्रीकेपी ओलीले छिटै मन्त्रिपरिषद पुनर्गठन गर्ने अनुमान छ ।
सत्तामा जानका लागि राजपाभित्र समेत तनाव सुरु भएको छ । यही कारण महाधिवेशनमा अध्यक्ष मण्डल हुनुहुन्न भनेर उपाध्यक्ष वेशेषचन्द्र लाल, महासचिव केशव झाहरु कस्सिएर लागेका छन् । राजपा २०७४ साल वैशाख ७ गते ६ दल मिलेर गठन भएको हो र त्यसबेलादेखि राजपा अध्यक्ष मण्डलले हाँकिरहेको छ । यो अध्यक्ष मण्डलमा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिंह भण्डारी र अनिलकुमार झा छन् 
राजपा सरकारमा जाने निम्तोका कारणले तरङ्मा परेको छ । २ मन्त्री र २ राज्यमन्त्री मिल्ने भएकाले कसलाई मन्त्रिमण्डलमा पठाउने भन्ने विषय राजपाको टाउको दुखाई हो । कुरो नमिलेकाले राजपाले पहिले संविधान संशोधन गर, आफ्ना माँगहरु पूरा गर अनिमात्र सोचौला भन्ने जवाफ दिइरहेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper