banner
banner

अव समुदायको साझेदारी

काठमाडौं । मुस्कानसहितको सेवा गर्न असफल भइसकेको नेपाल प्रहरीले अव समुदाय–प्रहरी साझेदारी कार्यक्रम अघि सारेको छ । समाजमा हत्या, बलात्कार, लुटपाट, गुण्डागर्दी बढ्दै गएको बेलामा आफ्नो असफलता लुकाउन प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अघि सारेको छ ।
स्कूल, कलेज, सामाजिक अभियन्ता, संघसंस्थासँग सहकार्य गरेर नागरिक–प्रहरी सम्बन्ध बढाउन खोज्नु राम्रो हो । तर, प्रहरीको छवि यति धमिलिएको छ कि कार्यक्रमले मात्र छवि उजेलिन्न । फोहर छवि
उजिल्याउन प्रहरीले जनताको नजरमा विश्वसनीयता आर्जन गर्न सक्नुपर्छ । जनअपेक्षा के छ, जनताको आवाज नसुन्ने र राजनीतिक प्रभाव र दबाबमा जनतामाथि अपराध गर्नेको संरक्षक बनेसम्म प्रहरीले ल्याएको यो साझेदारी कार्यक्रम केही व्यक्तिका लागि कमाई खाने कार्यक्रममा सिमित हुनपुग्नेछ ।
जनता जहिले पनि प्रहरीलाई सहयोग गर्न तैयार छन् । प्रहरी जनतालाई सहयोग भन्दा पनि तर्साउने तरिकाले अघि बढ्ने गरेको छ । यहीकारण सकभर प्रहरी समक्ष जानै नपरोस् भन्ने भाव जनतामा छ । जनमैत्री प्रहरी बन्ने हो भने प्रहरीको गलत क्रियाकलाप, कुरा गर्ने शैली, जनतासँग भिज्ने सामाजिकीकरणमा विशेष तालिम जरुरी छ । जसरी पनि पैसा झार्ने, दु:ख दिने नियत पहिले सफा गर्न जोड दिने कि आइजीसाप ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper