banner
banner

नेकपालाई यचुँरीको स्कूलिङ्

नेपाली कम्युनिष्ट घनश्याम भुषालले कम्युनिष्टले भ्रष्टाचार गर्नुहुन्न, शिक्षा, स्वास्थ्यमा लगानी गर्ने कम्युनिष्ट नै हुँदैनन् भनिसकेका थिए । एकाएक निम्त्याइएका भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीले नेकपाका नेता, कार्यकर्तालाई दीक्षा दिए– कम्युनिस्ट पार्टीको सरकारले भ्रष्टाचार गर्‍यो भने जनताले त्यसको सजाय दिने बताए । यचुरीले जनतासँग मिलेर, जनअपेक्षा बुझेरै सत्ता सञ्चालन गर्नुपर्ने ज्ञान पनि दिए । यति ज्ञान लिन यचुरीलाई नै बोलाउनु पर्ने नेकपाभित्र कतिसम्मको भाँडभैलो, गुटबाजी रहेछ ?
माधवकुमार नेपाल अध्यक्ष रहेको पुष्पलाल फाउन्डेसनले गत शुक्रबार काठमाडौंमा ‘भारतीय कम्युनिष्ट पार्टीको अनुभव’ विषयक विचार गोष्ठी आयोजना गरेको थियो । त्यही विचार गोष्ठीमा यचुरीले भारतमा कम्युनिस्ट शासनमा गएपछि पार्टी र जनताबीचको सम्बन्ध राम्रो नहुनु नै पार्टी कमजोर हुनुको कारण रहेको प्रष्टोक्ति दिए । भाकपा आफ्नै विचारधारामा अगाडि बढ्दा पनि नेताहरू सरकारमा गएपछि जनतासँगको सम्बन्धमा फाटो आयो, यही फाटो चुनाव हार्नुको कारण रह्यो । यति ज्ञान दिइसकेपछि भ्रष्टाचारमा चुर्लुम्मै डुबेको नेकपाको सरकारका मन्त्रीहरुलाई ज्ञान बोध भएको हुनुपर्ने हो । तर...
शासनमा रहेको पार्टीले भ्रष्टाचार गर्‍यो भने जनतामा यो त राजनीति गर्नेको कामै हो भन्ने छाप पर्छ । जब शासनमा रहेको कम्युनिष्ट नेताहरुले भ्रष्टाचार गर्छन्, तिनलाई जनताले ठगको रुपमा बुझ्छन् । शासनमा के समस्या छन्, जनतले बुझ्दैनन्, भ्रष्टाचार भयो भने जनतामा नराम्रो छाप पर्छ । बिगतमा भएका सरकारले गरेका गल्ती नेकपाको सरकारले दोहोर्‍याउन नहुने सुझाव दिएका छन् यचुरीले ।
पहिले तीन राज्यमा कम्युनिष्ट शासन थियो । केन्द्रीय सरकारमा पनि भाकपापको भूमिका थियो । अहिले उक राज्यमा मात्रै सरकारको नेतृत्व गरिरहेको स्मरण गराउँदै यचुरीले संसदमा समेत विशेष भूमिका छैन भने । यसो हुनुको मुख्य कारण भाकपाले पहिलेका गल्ती दोहोर्‍याएकैले हो ।
तर यचुरीले नेपाल र भारत ठूलो दाई भाई होइन, जुम्ल्याह हुन् भनेर दिएको अभिव्यक्रिप्रति आमजनमानसले आपत्ति प्रकट गरे । नेकपाका माधवकुमार नेपालदेखि कुनै पनि नेता कार्यकर्ताले यचुरीको त्यो कथन गलत भन्न सकेनन् ।
यचुरीको स्कूलिङले जे सिकायो, नेकपाका नेता कार्यकर्ताले त्यही सिक्ने हुन् । नेपाल र भारत जुम्ल्याह हुन् भनेर सिकाएका यचुरीलाई लाभ भयो होला, नेपालको सार्वभौमिकता, स्वतन्त्रतामा आँच आएको नेकपाले देख्दैदेखेन ।
नेकपाका नेता कार्यकर्ताहरुसँग कस्तो अर्जुनदृष्टि रहेछ त ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper