banner
banner

कारवाही किन नगर्ने ?

शिव सिग्देल -
प्रधानमन्त्रीका सल्लाहकार भन्छन्– पार्टीको बैठकमा पार्टी अध्यक्ष, अरुबेला देशका प्रधानमन्त्री हुन् केपी ओली ।
केपी ओलीलाई बालुवाटार स्थित प्रधानमंत्री निवास सार्वजनिक सम्पत्ति हो, पार्टी, बंशको सम्पत्तिका रुपमा उपयोग गर्न मिल्छ कि मिल्दैन ?
प्रधानमन्त्रीले बालुवाटारको राष्ट्रिय सम्पत्तिमा दलको बैठक गर्ने गरेका छन्, बंशजहरुलाई मजाले भोज खुवाउने, नाचगान गराउने अवसर दिइरहेका छन् । आमनागरिकले तिरेको करको यसरी दुरुपयोग गर्ने व्यक्ति कसरी गणतन्त्रको नायक वा प्रधानमन्त्री हुनसक्छ ?
प्रधानमन्त्रीमा हुनैपर्ने भनेको नैतिकता हो । प्रधानमन्त्रीले नैतिकता प्रदर्शन गर्न सकेनन् भने उनले कुनै ठूलो निर्णय गर्न सक्दैनन्, यो सब देखिएकै छ ।
सुन तस्करीका कुरा हुन् कि निर्मला पन्तको बलात्कारपछिको हत्या, अथवा सिंहदरवारबाट बगेको भ्रष्टाचारको टुकुचा गाउँसम्म पुगिसक्यो, प्रधानमन्त्री कर्मचारीले टेरेनन् भनेर दुखेसो गर्दै हिड्न थालेका छन् । यो सबै कुरा प्रधानमन्त्रीमा नैतिकताको अभावले हो, अनैतिकताको साथ दिनेसँग हौसला हुनसक्छ, त्यो हौसला राष्ट्रसेवामा गफमात्र हुनजानेछ, जो भइरहेछ ।
प्रधानमन्त्रीले जस्तोसुकै निर्णय गरे पनि उनीमाथि प्रश्न खडा गर्ने काम भइरहेको छैन । प्रश्न खडा भए पनि प्रधानमन्त्री बेवास्ता गर्ने गर्छन् । समाजमा उठेका उनका चरीत्रविरुद्धका प्रश्नहरु गम्भीर हुनेगर्छन् र देश हाँक्नेले जनताको आवाज सुन्नैपर्छ । दुई तिहाई छ कसले हल्लाउने भनेर दम्भ प्रदर्शन गर्दा उभिएको धरातल खुस्किएको थाहै नहुन पनि सक्छ । इतिहासमा यस्ता अनेकन घटनाक्रम रहेका छन् ।
बिधि राजा होस् कि रङ् सबैमा समान हुनुपर्छ । कसैले छुट पाउने र कसैमाथि विधिले पाता कस्ने हो भने त्यो बिधि नभएर मनलागीतन्त्र हुनजान्छ । हामी बिधिको शासनमा विश्वास गरेर बिधिले गणतान्त्रिक लोकतन्त्र चलाउन थालेका छौं । तर अहिलेसम्म जे जति अभ्यासहरु भएका छन्, ती बिधिसम्मत छैनन्, बिधिलाई मजबुत पार्ने खालका हाम्रा व्यवहार रहेनन् ।
मुख्य सवाल सत्ताकै हो, राजनीतिकै हो । बिधिमाथि राजनीतिले खेल्ने अथवा बिधिलाई खेलाउन खोज्दा राज्य अस्थिर र अराजक भएर जान्छ । अयोग्य व्यक्तिहरुको नियुक्ती भएपछि कसरी सुशासन कायम हुनसक्छ ? खोज्ने सुशासन, जिम्मा दिने दलका अथवा पैसा दिनसक्नेहरुलाई ? यस्तो भ्रष्टाचारमा उभिएर बिधिको शासनको कुरा गर्नु निरर्थक छ, भ्रममात्र हो यो सबै ।
जबसम्म प्रधानमन्त्री र राष्ट्रपति नैतिक धरातलमा उभिन सक्दैनन्, तवसम्म यो देशमा बिधि छ, विधिको शासन छ, गणतन्त्र छ भनेर भन्नु कोरा कुरामात्र हो । कुराले खाना पाक्दैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper