banner
banner

राजाहरुको सकियो, अव मेरो पालो

प्रधानमन्त्रीले टीकाको दिनदेखि आज चतुर्दशीका दिनसम्म टीका लगाइदिने परम्परा बसालेका छन् । जतिसुकै भ्याइनभ्याइ भए पनि प्रधानमन्त्रीले टीका लगाइदिएका व्यक्तिहरुमा परिवार, पार्टीका कार्यकर्ता र सरकारी कर्मचारी नै बढी मात्रामा भएको स्रोतले जानकारी दिएको छ । टीका लगाइदिने तरिका पनि कमरेडको अलग देखिन्छ ।
राजतन्त्रदेखि अहिलेसम्म पनि ज्ञानेन्द्र र कोमललेमात्र टीका लगाइदिएका थिए । त्यो पनि टीकाको एक दिन । अहिले त राष्ट्रपति, प्रधानमन्त्री, आइजीपी, प्रधानसेनापति, संवैधानिक प्रमुखहरु सबैले टीका खोले । मजाले लगाइदिए । प्रधानमन्त्रीले त पूर्णेका दिनसम्म पनि टीका लगाउने कार्यक्रम सार्वजनिक गरिदिए । टीका होस् त यस्तो । यही बहानामा कतिपय कर्मचारीहरुले बिदा कटौति भए पनि कार्यलय
 गएनन् र भनेको सुनियो, प्रधानमन्त्रीको हातबाट टीका लगाउन गएको । सरकारी कार्यालयमा हिजोसम्म कुनै कामै भएको थिएन । सेवाग्राही फर्किरहेका देखिन्थे ।
टीका नेकपाका अध्यक्ष प्रचण्डले पनि लगाइदिए । अन्य पार्टीका सभापतिहरुले पनि कार्यकर्ताहरुलाई लगाइदिए । टीका सर्वव्यापी भयो ।
तर नेपाल धर्मनिरपेक्ष नै छ । हिन्दु परम्परामा गर्नुपर्ने खर्चमा पनि सरकारले कुनै कन्जुसी गरेको थिएन । हिन्दुराष्ट्र भए वा नभएका बेलामा ओलीले बसालेको यो नयाँ परम्परा हो । यो घटनालाई राजनीतिक विश्लेषण्कहरुले नवसामन्ती वाद भनेका छन् ।
डा.प्रकाशचन्द्र लोहनीको सबैभन्दा कडा टिप्पणी आएको छ । उनका अनुसार दसैंको विदा कटाउने तर ५ दिनसम्म सरकारी निवासमा दसैंको टीका लगाइदिने ओलीको शैली नवसामन्तवादको नमुना हो । सरकारी कर्मचारी, कार्यकर्ता र जनता अब प्रधानमन्त्री निवासमा टीका थाप्न लाइन लाग्ने कि काम गर्ने हो ? भन्ने प्रश्न गर्दै लोहनीले राजाको शासनकालमा १ दिनमात्र टीका लगाउने परम्परा रहे पनि ओलीले ५ दिन टीका लगाएर आफूलाई अग्रगामी देखाउन खोजेको छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper