banner
banner

राजसस्था पुनस्र्थापनाको प्रश्न

शम्भुराम जोशी -
यिनै परिस्थितिका कारण आज राजतन्त्रको औचित्य र त्यसको पुनर्स्थापनाको कुरा सशक्त ढंगले उठ्न थालेको छ । पहिले तटस्थ रहेका धेरै व्यक्तिहरू राजतन्त्रको कित्तामा उभिइरहेका देखिन थालेको छ । चरम निराशाको परिणतिको रूपमा पनि यसलाई बुझ्नु आवश्यक छ ।
सक्रिय राजतन्त्र र गणतन्त्र दुवैको प्रत्यक्ष अनुभव गरेकाको चिन्तन र बिचारले यथोचित महत्व पाउनु अब जरूरी छ । राजतन्त्रको  पक्षमा सुनिन थालेको अभिव्यक्तिलाई अब अनर्गल प्रलापको रूपमा मात्रै लिइनु भूल हुनेछ ।
राजतन्त्र पुनस्र्थापना होला ?
राजतन्त्र पुनर्स्थापन हुनै नसक्ने होइन । विश्वका धेरै मुलुकमा बिस्थापित राजतन्त्र पुनस्र्थापित भएका छन् । परिस्थितिले राजसिंहासन छोड्नु परेका उनै राजा वा उनका सन्तान राजा बनेका धेरै उदाहरण छन् ।
सन् १६४९ मा बेलायतमा राजा चार्ल्स प्रथमलाई मृत्युदण्ड दिइयो र गणतन्त्रात्मक शासन व्यवस्थाको सुत्रपात गरियो । ओलिभर क्रम्बेल सर्वेसर्वा भए । क्रम्बेलको मृत्यु पछि सन् १६६० मा उनै मारिएका राजाका, विदेशमा रहेका पुत्र चार्ल्स द्वितीयलाई ल्याई राजा बनाइयो र राजतन्त्रको पुनस्र्थापना गरियो ।
फ्रान्सको इतिहास पनि त्यस्तै छ । सन् १७९३ मा त्यहाँका राजा लुई सोह्रौंलाई मृत्युदण्ड दिए पछि शासन सत्ता सम्भालेका राब्सपियरले लोकप्रियता हासिल गर्न सकेनन् । जसका कारण उनले पनि मृत्युदण्ड भोग्नुपर्यो । त्यसको केही समय पछि सत्तामा आएका नेपोलियनको पतन पश्चात मृतक राजाका भाइ लुई अठाह्रौंलाई मेटरनिकको पहलमा राजा बनाएर राजतन्त्रको पुनस्र्थापना गरियो र सन् १८१४ मा वैध राजसत्ता आयो ।
केवल २३८ वर्षको शाहवंशीय राजाहरूको मात्रै होइन, हजारौं वर्षको इतिहास बोकेको राजसंस्थालाई संसदका सदस्यहरूले हात उठाएर हुन्छ र हुादैन भनेका आधारमा बहिर्गर्िमत गर्नु कसरी न्यायोचित हुन्छ ? किन राजतन्त्र फलियो भन्दा पनि त्यसको विधि र प्रकृयाको प्रश्न हो यहाा ।
इरानको घटना त अझ नयाँ हो । त्यहाँका शहंशाहलाई १९५३ मा उनकै प्रधानमन्त्री डा. मुसद्दिकले विदेश भाग्न वाध्य पारेको केही दिन पछि फेरि उनै राजा आफ्नो गुमेको सिंहासन प्राप्त गर्न सफल भए । यद्यपि त्यहाँ मच्चिएको जनविद्रोहका कारण उनलाई सन् १९७९ मा फेरि निर्वार्िसत जीवन बिताउनु पर्ने वाध्यता आइलाग्यो ।
अफगानिस्तानका राजा जाहिर शाहले पनि १९७० को दशकमा राजमुकुट गुमाएर विदेशमा बस्नु पर्यो । धेरै बर्षपछि परिस्थिति अनुकुल बन्न गई उनी त्यहाा आएर राजा बनुन् भन्ने अफगानीहरूको चाहना भए पनि उनले राजा बन्न मञ्जुर त गरेनन् तर निर्वार्िसत जीवन त्यागेर मातृभूमीमा नै फर्के । र त्यहिं आफ्नो बााकी जीवन बिताए ।
राजतन्त्रको पुनस्र्थापनाका आधार
विश्वको इतिहासमा यस्ता अनेकौं उदाहरणहरू पाइन्छ । तसर्थ समयको गतिको कारण नेपालमा राजतन्त्रको पुनस्र्थापना भयो भने अचम्म नमाने हुन्छ भन्ने यो लेखनीको आशय हो ।
समयको गति र परिवर्तनलाई रोक्न खोज्नु भूल हुन्छ । यो यथार्थ आत्मसात नगर्नेले धोका खाएको कुरा इतिहासले बताएकै छ । समयले सबैलाई आफ्नो काम र प्रतिभा देखाउने अवसर दिन्छ, त्यसैले त्यो अवसर चिन्न सक्नुपर्छ ।
नेपालको इतिहासले पुष्टि गरेको छ, समयलाई बुझेर चल्नेहरू सफल भएका छन् भने समयलाई आफ्नो इच्छा अनुसार चलाउाछु भनेर दम्भ गर्नेहरूले अन्तत: नराम्रोसाग चित खाएका छन् । समयले राजतन्त्रको पुनर्स्थापना लगायत जस्ता सुकै पनि घटनाहरू घटाउन सक्दछ किनभने समय वलवान हुन्छ ।
केवल २३८ वर्षको शाहवंशीय राजाहरूको मात्रै होइन, हजारौं वर्षको इतिहास बोकेको राजसंस्थालाई संसदका सदस्यहरूले हात उठाएर हुन्छ र हुँदैन भनेका आधारमा बहिर्ग्मित गर्नु कसरी न्यायोचित हुन्छ ? किन राजतन्त्र फलियो भन्दा पनि त्यसको विधि र प्रकृयाको प्रश्न हो यहाँ ।
जुन संसदले उक्त निर्णय गर्यो त्यो आफैमा वैधानिक थियो कि थिएन ? राजा ज्ञानेन्द्रलाई विघटित संसद पुनर्जिर्िवत गर्ने अधिकार थियो वा थिएन ? यदि थियो भने कसरी थियो ? पछाडिको ढोकाबाट प्रवेश गराइएका माओवादी सांसदहरूलाई समावेश गराइएको संसदलाई वैधानिक मान्ने आधार के ? कतिपय नेतालाई राजतन्त्रको बहिर्गमन गलत थियो भन्ने बोध नभएको होइन । त्यसैले उनीहरूलाई आजसम्म पनि राजतन्त्रको भुतले पछ्याइरहेको छ । 
नेताहरू आफौले त्यो आधार तयार गरिदिएका छन् जसका जगमा भोलि राजतन्त्र पुनस्र्थापना हुन बेर लाग्ने छैन । किनकि नेपालीको चाहनाभन्दा पनि विदेशीको आडमा दलहरूद्वारा राजतन्त्र माथि उक्त प्रहार गरिएको थियो ।
गर्नु के पर्दथ्यो ?
राजसंस्था (धर्म निरपेक्षता र संघीयता पनि) जस्ता मूलभूत एवम् संवेदनशील प्रश्नहरूमा जनमत लिइनु पर्थ्यो । अघिपछि स्विट्जरल्याण्डको उदाहरण दिइराख्ने नेताहरूले उक्त मुलुकको परिपाटीलाई त्यति वेला सम्झेनन्, ध्यान दिएनन् वा नागरिकहरूले राजतन्त्रको पक्षमा मत दिने संभावनाले जनमतमा जान चाहेनन् । जनमतका आधारमा राजतन्त्र वहिर्गर्िमत गरिन्थ्यो भने त्यसमाथि प्रस्न उठाउने नैतिक आधारै हुँदैनथ्यो । तर नेताहरू आफैले त्यो आधार तयार गरिदिएका छन् जसका जगमा भोलि राजतन्त्र पुनस्र्थापना हुन बेर लाग्ने छैन । 
कसका बलमा राजसंस्था पुनस्र्थापना ?
आजसम्म यो मुलुकमा जे जति राजनीतिक परिवर्तनहरू भए ती सबैमा विदेशी शक्तिको भूमिका रहेको कुरा सत्य हो । आफ्नो स्वार्थलाई केन्द्रमा राखेर उनीहरूले नेपालमा काम गरेका हुन् । विदेशीले चाहेको जस्तो राजनीतिक परिवर्तन भैसकेपछि आफ्नो लगानीको सावाँ र ब्याज दुवै उठाउने प्रवृति भएका उनीहरूकै सहयोगमा राजसंस्था पुनर्स्थापना भएमा त्यो उपयुक्त हुनेछैन किनकि यसरी पुनर्स्थापित राजा नेपाल र नेपालीको लागि भन्दा अरूको लागि काम गर्न वाध्य हुनेछन् ।
शासन सत्तामा रहेको व्यक्ति परिवर्तन हुने तर कामको शैली परिवर्तन हुादैन भने त्यो निरर्थक हुन्छ । त्यसैले राजतन्त्र पुनस्र्थापना हुने हो भने त्यो नेपालीकै चाहनामा हुनुपर्छ त्यसमा अरूहरू कसैले पनि खेल्ने अवसर पाउनु हुँदैन । जोशी त्रिविका अर्थशास्त्री हुन् ।

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper