banner
banner

आइन्सटाइन्स र सशांकको लगन

अधिवक्ता शिव सिग्देल -
आइन्स्टाइन सधैं हिसावमा फेल हुने । उनले हिसावमा यसरी लगन देखाए कि अन्तत: उनी वैज्ञानिक बन्न सफल भए । यो सबको श्रेय उनको लगन हो । जितिहाल्छु भन्ने खेलाँची गर्दा कांग्रेस सत्ताबाट सडकमा पुग्यो । अव कांग्रेसले जनताको इच्छामा लगन देखाउने बेला भएको छ । लगनले कांग्रेस डुब्नुबाट बच्छ ।
वीपी पुत्र सशांक अव निन्द्राबाट व्यूँझिएका छन् । उनले लुकेर बोल्ने भाषा अव सार्वजनिक सभामा बोल्न थालेका छन् । उनलेसिधै भनेका छन्– अव हिन्दुराष्ट्रको कुरा गर्ने बेला भो । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक छ, रामचन्द्र देखि शेखर कोइरालासम्म, गगनदेखि सशांकसम्म विशेष अधिवेशन भनिरहेका छन् र अधिवेशनपछि शेरबहादुर देउवा सभापति रहनेछैनन्, सशांकले भनिसकेका छन्– अव सभापति कोइराला परिवारबाटै हुनेछन् । यसको अर्थ सशांक नै हुनेछन् ।
सभापति जोसुकै होस्, त्यो अर्थको कुरा होइन । चासोको कुरा भनेको जनताको एजेण्डा बोल्ने, बोक्ने र काम गर्ने नेतृत्वको हो । बाघै मार्छु भनेर केपी ओली आएका हुन्, उनले समृद्धि र सुशासनका नारा लगाएका पनि हुन् । के गर्नु, उनीभन्दा विधिबिरोधी कोही देखिएनन् । पञ्चायतलाई समेत बिर्साए । अपराध बोके । देशै भ्रष्टाचारमय बनाइदिए । बलात्कार र हत्यारासमेत पक्रन नसक्ने भए । कठै, कस्तो दुई तिहाईको शक्ति रहेछ । हुटिट्याउँले पो दुई तिहाई पाएछ, आफै गमक्क छ ।
हो, हिन्दुराष्ट्रको एजेण्डामा उभिन नसकेकाले कांग्रेस हारेको हो । निष्कर्ष यही हो र हिन्दुराष्ट्र हुनुपर्छ भनेर राष्ट्रिय धर्ममा नउभिने हो भने कांग्रेस पटक पटक यसैगरी कम्युन्यालिष्ट कम्युनिष्टबाट लतारिने खतरा विद्यमान भइरहनेछ । यसकारण सशांकले सही मुद्दा उठाएका छन्, यही मुद्दा नै हो, जसले कांग्रेसलाई प्रजातन्त्र र राष्ट्रवादीका रुपमा सवल पार्नसक्नेछ । ९४ प्रतिशत हिन्दु भएका मुलुकमा क्रिश्चियनको बर्चस्व हुनु भनेको कम्युनिष्टको बर्चस्व हो, सशांकले बुझे ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper