banner
banner

न्याय मर्लाजस्तो भो

वाशुदेव वाग्ले -
ओली सरकार निर्मला प्रकरणबाट उठेको जनबाढीमा हेलिएको छ । उसले यो बाढी तर्नका लागि बलात्कारी र हत्यारालाई सार्वजनिक गर्नैपर्छ । यसको विकल्प छैन ।
गृहमन्त्रीले अनावश्यक उछालियो, राजनीतिकरण गरियो, महिला नेतृहरु अझ राष्ट्रपति नै मौन छिन् । संसदले विशेष प्रस्ताव ल्याएर बलात्कार र हत्याविरुद्धको अभियान चलाउन र निर्मलाको हत्यारालाई पक्राउ गर्न दबाब समेत दिन सकेन । एउटै पार्टीको दुई तिहाई भएका कारण सबै चुप्पी साधिरहेका छन्, प्रतिपक्षी आवाज बिहीन छ । जनता आन्दोलित छन् । देश दण्डहीनताका विरुद्ध एकगठ भइरहेको छ ।
एक सांसद बलात्कारको घटना सरकारलाई अप्ठेरो पार्न घटाइएको हो समेत भने, प्रधानमन्त्री १२ वर्षपछि हत्यारा पत्ता लाग्नसक्छ भन्छन् । नेपालमा कानुन देखाउनका लागि मात्र हो कि ? न्याय त मारिन्छ जस्तो पो देखिन थाल्यो ।
बजारमा हल्ला छ– मन्त्रीका छोरा नै यो बलात्कारमा संलग्न छन् । भारतीय अधिकारी नेपाल छिरेर यो बलात्कारको घटना मच्चाएका हुन् । जे हल्ला होस्, सरकारको कामा हो साँचो कुरा बाहिर ल्याउनु, अपराधीलाई दण्ड दिनु । ३३ किलो सुनका अपराधी त तारेखमा छुटे, निलम्बन फुकुवा हुनेपालो पोलिएका प्रहरीको हुनसक्छ । एसपी डिल्ली बिष्ट एण्ड कम्पनी पटक्कै नडराए हुन्छ, कसो ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper