banner
banner

पप्पुमात्र होइनन् काला ठेकेदार

गोविन्दप्रसाद पौडेल -
अख्तियारद्वारा गुणस्तरहीन पुल बनाएको भन्दै पप्पु कन्स्ट्रक्सनका अध्यक्ष तथा सांसद हरिनारायण रौनियारसहित १३ जना विरुद्ध मुद्दा दायर गरेको छ । हरिनारायणको सांसदपद स्वत: निलम्बनमा परेको छ । अख्तियार सक्रिय भयो भन्ने यो सन्देशले काला ठेकेदार र भ्रष्ट कर्मचारीहरुको सातो जान थालेको छ । लोकमान सिंह कार्की हटेपछि हनुमान बनेर रहेको अख्तियारले आँखा खोलेको छ ।
सांसद हरिनारायण रौनियार पर्सा ३ बाट संघीय समाजवादी फोरमका  निर्वार्िचत सांसद थिए । अव उनको बचाउ उपेन्द्र यादवले कसरी गर्छन्, हेर्ने विषय बनेको छ । तर संसदमा हरिनारायणजस्तै अन्य ३ ठेकेदार पनि रहेका छन् । तिनीहरु पनि कालो सूचीका ठेकेदार हुन् । जीप छिरिङ लामा, बहादुर सिंह लामा र मोहन आचार्य । उनीहरु ठेक्कामा कार्टेर्िलङ गर्ने, कमसल काम गर्ने र आयोजना अलपत्र पार्ने काम गर्दै आएका छन् । काला ठेकेदारमाथि अख्तियारको आँखा जाला ?
ठेकेदारहरु कर्मचारीहरुसँग मितोमतो गर्ने र आपसमा समेत सेटिङ मिलाएर राज्य ढुकुटीको दोहन गर्ने गरेका छन् । अख्तियारले काला ठेकेदारमाथि निगरानी राखेर जनआवाज अनुसार कारवाहीको सुरुआत भएको छ, यस्तो कारवाही व्यापक रुपमा गर्ने हो भने निर्माण समयमा हुने, सरकारको पैसा बचत र जनताले अनावश्यक झण्झट बेहोर्नु पर्ने छैन । अख्तियार सक्रिय होस् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper