banner
banner

वास्तविक शान्ति प्रणेता को ?

गिरिजाप्रसाद कोइराला बाँचेको भए मैले नोबेल शान्ति पुरस्कार पाउने थिएँ भनेर प्रचण्डले पटक पटक भनेको सुन्नेहरु जिल्लाराम छ । प्रचण्डले जंगलबाट लोकतन्त्रमा बन्दुक बिसाए, १३ वर्षपछि पनि मुलुक दण्डहीन अवस्थामै छ, संक्रमणकालीन न्याय सम्पादन भएकै छैन । पीडितले न्याय पाएका छैनन्, पीडकले दण्ड पाउनै बाँकी छ । फेरि किन नोवल शान्ति पुरस्कारको दावी ?
साँचो कुरा गर्ने हो भने ज्ञानेन्द्र शाहले दावी गर्न सुहाउँछ । २०६३ साल बैशाख ११ गते संसद पुनस्र्थापना गरेपछि चुप लागेका तत्कालीन राजा ज्ञानेन्द्र २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन गर्दासमेत जनमतले भन्छ भने ठिक छ भनेर राजदरवारबाट शान्त रुपमा निस्किए । त्यसपछि आजसम्म पनि ज्ञानेन्द्र शाहले बिद्रोह गरेनन्, असल नागरिकको जीवन यापन गरिरहेका छन् ।
प्रचण्ड राजनीतिज्ञ हुन् । राजनीति गर्नेले आफ्नो सिफारिस आफैले अथवा आफ्नो पार्टी दुई तिहाईको बहुमतमा भएकाले सिफारिस गर्न खोजेको हो भने पनि यो आपत्तिपूर्ण छ । यतिबेला डा.बाबुराम भट्टराई अमेरिका टुरमा छन् र अमेरिकामा नेपालीले नै हत्यारा नेपाल फर्की भनेर नारा लगाए । यसबाट पनि अनुमान गर्न सकिन्छ, संक्रमणकालीन न्याय गम्भीर हुनेवाला छ ।
नोवल शान्ति पुरस्कारका लागि समाजका लागि के दिएको छ, त्याग र बलिदान के हो भन्ने मापन पनि हुन्छ । राजनीतिको केन्द्रमा रहनु र सत्ताको खेलमा जितिरहनु योग्यता होइन, शान्ति पुरस्कारका लागि । प्रचण्ड जनयुद्धका नायक, जनआन्दोलनका निर्णायक पनि हुन् । तर उनी १२ बुँदे दिल्ली सहमतिका सदस्य पनि हुन् । उनले देशलाई भन्दा बढी आफ्ना परिवारलाई दिएका छन् । उनले राष्ट्रबाट माफी पाएका छैनन् । सत्रौं हजार जनको हत्याको दोष उनीमाथि पनि लागेको छ । यसकारण असल नागरिकको हैसियतमा नोवल शान्ति पुरस्कार पाउने हकदार त तत्कालीन राजा ज्ञानेन्द्र पो हुन्, होइन र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper