banner
banner

नयाँ संविधान दुर्घटनाग्रस्त भयो

नयाँ संविधान पुँजीवादमा ठोक्किएर
दुर्घटनाग्रस्त भयो
बलात्कार र हत्या सब पुँजीवादले भइरहेको छ । गृहमन्त्री रामबहादुर थापा बादल यसै भन्छन् ।
यता बादले बलात्कार र हिंसा बढाउने उता बादल गर्जने ।
नयाँ मुलुकी ऐन अर्थात संहिता कुम्भकर्णजस्तो सुतेर बस्ने ।
संविधान कार्यान्वयन भयो रे । बलात्कार र हत्यासमेत बादले गर्न थाल्यो, बालकमाथि गोली ठोकेर राज्यले मार्न थाल्यो । दैनिक ४ भन्दा बढी बलात्कार हुनथाले । यही हो संविधान कार्यान्वयन भएको ? यसैले त एक बुद्धिजीवीले लेखे– निर्मला पन्तको बलात्कार र हत्या बादले गर्‍यो, प्रहरीले प्रमाणलाई धोइपखाली गरेर मेटायो, आइजीपीसाप दोषीलाई उभ्याउन पाए टण्टै साफ भन्छन् । बादले दोषी बचायो, सरकारले दोषी लुकायो, अनुसन्धान रिपोर्ट दबायो, बादलले सिद्धान्त छाँटे । दुई तिहाईको सरकार त अराजकताको सरकार पो साबित भयो 
निर्दोषलाई फसाउने धन्दा प्रहरीवादले गर्‍यो । राजनीतिक बादले गर्‍यो, जे भइरहेको छ, सबै पुँजीवादले गरिरहेको निष्कर्ष नेपाल कम्युनिष्ट पार्टीको पनि होला । किनकि सरकार कम्युनिष्ट पार्टीले हाँकिरहेको छ र सरकारको भनाई यही हो । सबै कूकर्म बादले गर्ने हो भने बादलको, टुक्केबाजेको के काम ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper