banner
banner

वामदेव फेरि हार्ने

काठमाडौं । डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गराएर चुनाव जिताउने र वामदेवलाई उत्तराधिकारीका रुपमा अगाडि बढाउने प्रचण्डको चाल र ओलीको सहमतिले आकार लिन सकेको छैन ।
त्यसपछि ललितपुर गएको उनको नजर नवराज सिलवाललाई राजीनामा गराउने थियो, ओलीले निकासा दिएनन्, अव बाँके ३ मा पुगेको छ । सांसद नन्दलाल रोकायालाई अर्को कुनै महत्वपूर्ण पदमा नियुक्ती दिने सर्तमा विष्णु पौडेलले राजीनामा गराउने प्रयास गरेका छन् । उनले अध्यक्ष ओलीले भनेमा सोचुला, अन्यथा भनेर जिब्रो चपाएका छन् ।
यसअघि उनले जनमोर्चाकी मोहनविक्रमकी श्रीमती दुर्गा पौडेललाई राजीनामा गराएर चुनाव उठ्ने प्रयास गरेका थिए, यसमा सफल नभएपछि बर्दिया १ बाट सञ्जय गौतमसँग चुनाव हारेका वामदेव बर्दियासँगै जोडिएको बाँकेमा मौका पाइहाले पनि जित्न मुस्किल छ । त्यसमाथि करको करकर र निर्मला पन्त मुद्दाले अव नेकपा चुनाव जित्न सक्ने देखिदैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper