banner
banner

कम्युनिष्ट सरकार भन्न लाजलाग्यो

भैरहवा । नेकपाका प्रष्टवक्ताका रुपमा चर्चित रहेका सांसद राम कार्कीले ओली सरकारलाई आफ्नै शैलीमा राम राम भनेका छन् । भदौ २६ बुटवल आएका नेता राम कार्कीले यो तालले ओली सरकार टिक्दैन मात्र भनेनन्, वर्तमान सरकारको कार्यशैलीप्रति तीब्र असन्तुष्टि जनाए  । उनले ओली सरकार कम्युनिष्ट शैलीको छैन भनेर आत्मग्लानी पनि व्यक्त गरे । यस्तो पनि दुई तिहाईको सरकार हुन्छ भनेर प्रश्न गरेका छन् ।
देखाउनलाई दुईतिहाईको सरकार छ, मजदुर भोकै छन्, महगी बढ्दैछ । सरकारसँग जनता खुश देखिदैनन् । सरकारको यस्तो रवैयाले जनतामा आक्रोश बढेको छ । मलाई कम्युनिष्ट पार्टीको नेता हुँ भन्न पनि लाज लाग्न थाल्यो । ज्ञानेन्द्र शाहलाई त ३ वर्ष टिक्न दिएनन्, हाम्रो हालत के होला ? नेता राम कार्कीले नेकपाको भविष्यप्रति ठूलै चिन्ता प्रकट गरेका छन् ।
हुन पनि निर्मला पन्तको बलात्कार र हत्याको घटनामा सरकारले जुन प्रकारले प्रहरीराज चलाउन खोज्यो, त्यसबाट देशैभरि ओली सरकारका विरुद्धमा आन्दोलन चलिरहेको छ । यो आन्दोलनले नेकपाको आशा निराश बनेको छ ।
नेकपाका नेताहरु यसरी सरकारलाई राम राम भन्न थालिसके, निराश र अन्यायवोध गरिरहेका आमनागरिकले ओली सरकारलाई कतिदिन थेग्लान् ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper