banner
banner

पुरस्कार लिने भए निवदेन दिनोस्

वाशुदेव वाग्ले -
सेटिङमा देवकोटा र पुष्पलाल पुरस्कार । यस्तो दिन पनि देख्नपर्ने भयो । दरखास्त हालेर पुरस्कार माँग्नुपर्ने । महाकवि देवकोटा र महामानव पुष्पलालको नाममा राखिएको प्रतिभा पुरस्कार लिन चाहनेले दरखास्त दिनुपर्ने छ । दरखास्त खुल्यो भन्ने सूचना सामाजिक सञ्जाल, इमेलमा देख्न सकिन्छ । कस्तो दिन आयो, प्रतिभाको चयन गरेर पुस्कार दिनुपर्नेमा, म योग्य छु, पुरस्कार पाउँ भनेर दरखास्त दिनुपर्नेभो ।
लोकसेवा आयोगको खरदारको जागीर खुलेजस्तो भो पुरस्कार पनि । दरखास्त नदिई नपाइने । पुरस्कारको राजनीतिकरण भनेको यही हो । दरखास्त दिनेले नेता गुहार्छ, भनसुन हुन्छ । पुरस्कार दिनेले नेताको चाकरी गर्नलाई उसले भनेको व्यक्तिलाइ पुरस्का दिने भयो । पुरस्कार सेलमा पो राखियो । थाहा पाए पनि अलिकति स्वाभिमान भएकाले दरखास्त हाल्दैनन् । अनि त आफ्नालाई मानपदवी, अलंकार, विभुषण बाढेजसरी पुरस्कार बाँड्न सजिलो हुने भयो । चोरचार साहित्य लेख्नेले पहुँच र पैसाका बलमा पुरस्कार पाउने भए ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper