banner
banner

नयाँ शक्तिको शक्ति यत्ति हो ?

पदम हमाल -
डा.बाबुराम भट्टराई पनि जनयुद्धका कमाण्डर नै हुन् । १७ हजार लोक मारिए, बेपत्ता पारिए र बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेका ६१ हजार उजुरीमा बाबुराम पनि जिम्मेवार भनेर पोलिएका छन् । तिनै बाबुराम भट्टराई भदौ २२ गते बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर भन्दै नयाँ शक्ति पार्टीको व्यानर बोकेर बेपत्ता र सत्य निरुपण आयोगमा पुगे । विधिप्रतिको योभन्दा ठूलो नाटक र जनताप्रति व्यङ्ग अरु के हुनसक्छ ?
यिनै बाबुरामले एक दिन अघि भनेका थिए– ५ वर्षपछि मै सरकारको नेतृत्वमा आउँछु । बाबुरामका अनुसार परम्परागत कम्युनिस्ट विचारले राज्यले नै सबै हस्तक्षेप गर्ने कुरा गर्छ र निजी उद्यमशीलताको प्रवद्र्धन गर्दैन । यसले गर्दा नेकपामा दुईर–तीनवटा गम्भीर प्रकारका अन्तरविरोधहरु रहेका छन् । यस अर्थमा यो नेकपाले संरचनात्मक ढंगले नै आफूलाई रुपान्तरण नगरेसम्म पुरानै ढाँचामा रहेर यसले देशका समस्याहरु हल गर्न सक्दैन । र, आगामी ५ वर्षसम्म यसभित्र अन्तरनिहीत जुन अन्तरविरोधहरु छन्, यिनै अन्तरविरोधहरुकै कारणले गर्दा यो आफैंभित्रबाट विघटनतिर जान्छ । कांग्रेस र कम्युनिष्ट ब्राण्ड जो हिजो थिए, अब त्यो ब्राण्डले काम गर्दैन । कांग्रेस र कम्युनिष्ट दुईवटै ब्राण्डबाट अब देशको समस्या समाधान हुन सक्दैन । नया विकल्पतिरै समाज जान्छ । खाली यो विकल्प अग्रगामी प्रगतिशील विकल्प हुने कि कस्मेटिक खालको मात्रै वा दक्षिणपन्थी विकल्प हुने भन्नेमा मात्रै आगामी दिनमा बहस केन्द्रित हुन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper