banner
banner

प्रकाण्डले धम्की दिए

काठमाडौं । पाँचौपटक पनि अदालतले ३ दिनभित्र हाजिर गराउने आदेश दिएका प्रकाण्डलाई सरकार पक्राउ गर्दै थुनिरहेको छ । यो सब भोगिरहेका खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफूलाई राजनीतिक पूर्वाग्रह राखेर फसाउन खोजिएको आरोप लगाउँदै भनेका छन्– प्रधानमन्त्री र गृहमन्त्रीले यसको मूल्य तिर्नैपर्छ । विप्लव माओवादीका प्रवक्ता प्रकाण्डको चेतावनीले राजनीतिक क्षेत्रमा तरङ्ग ल्याएको छ ।
दाङ् अदालत परिसरमा प्रकाण्ड आक्रोसित थिए । उनले भने– सरकारी पक्षले बहसमा केही भन्दैनन्, थुन्ने र छोड्ने, थुन्ने खेल भइरहेको छ, यो सब पूर्वाग्रह हो, फसाउने नियत हो । मलाई हतकडी लाग्दा जनयुद्धका सहकर्मीहरु प्रतिक्रियावादी भएका छन् । यसको मूल्य तिर्न मुस्किलै पर्ला ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper