banner
banner

प्रचण्डलाई भारतले किन महत्व दियो ?

काठमाडौं । भारतले प्रचण्डलाई निम्त्याएर महत्व दिदै थियो, काठमाडौंमा चर्चा चल्यो, प्रचण्डको भ्रमणको रहस्य के हो ? भारतबाट फर्कनासाथ चीन जाने तैयारी पनि छ, प्रचण्डको सकृयता किन ?
यता ओली सजग भए । उनले भारतको पुनामा हिजैदेखि हुने बिमस्टेक सदस्य राष्ट्रहरुको संयुक्त सैनिक अभ्यासमा नेपाल सहभागी नहुने निर्णय गरिदिए । राजनीतिक बृत्तले अनुभव गर्‍यो, प्रचण्डले चौका हान्दा, ओलीले छक्का हानिदिए । माओवादी केन्द्र र एमालेको एकीकरणले बनेको नेकपाभित्र क्रिकेट म्याच सुरुभयो ।
ओलीका मान्छेहरु नै भन्न थालेका छन्– प्रचण्डलाई मोदीले खातिरदारी गरेर ओलीलाई के देखाइदिएका थिए, यता ओलीले पनि बिमिष्टेक सैन्य अभ्यासमा भाग नलिने निर्णय गरेर मोदीलाई देखाईदिए । बिमस्टेक नेपालका लागि अनावश्यक र सैनिक अभ्यास त भारतपरस्त हुनु नै हो भन्ने विश्लेषकहरुको कुरा मानेर ओलीले प्रचण्ड, भारत र बिरोधीलाई आफू ठिक देखाउने मौका छोपे ।
भदौ २५–३१ सम्म भारतको पुणेमा हुने बिमस्टेक सैनिक अभ्यासमा गइसकेका जाने ट्रुप रोकिएका छन् भने गइसकेका ३० मध्येका ३ सैनिक अधिकृत पर्यवेक्षकका रुपमा सहभागी हुनेछन् । तिनले मुख्य कार्यक्रम र कन्क्लेभमा भाग लिनेछैनन् । बिमस्टेकको भदौ १४–१५ को सम्मेलनमा नरेन्द्र मोदीले आतंकवाद र प्राकृतिक प्रकोपसँग जुध्ने आवरणमा बिमस्टेक सदस्य राष्ट्रहरुको सैनिक गठनबन्धन अभ्यास गराउने भनेर एजेण्डा छिराएका थिए, त्यो फेल भएको छ । आतंकवाद विरुद्ध भनेर पाकिस्तान विरोधी विमस्टेक सेनाको सोच तुहिएको छ ।
भावी प्रधानमन्त्री भनेर चर्चामा रहेका प्रचण्ड र गृहमन्त्रीमा वामदेव गौतमलाई ल्याउनसमेत राजी भइसकेका बेलामा नेकपा बोइङक दुई पाइलट ओली र प्रचण्डवीच शीतयुद्ध सुरु भएको छ । यी दुबैवीच विश्वासको संकट चुलियो ।
भारतमा सेना नपठाउने निर्णय लिएका ओलीले असोज १ गते देखि नेपाली सेना र चिनियाँ सेनावीचको सैन्य अभ्यासलाई अनुमति दिएका छन् । सगरमाथा फ्रेन्डसिपको दोस्रो संस्करणको सैनिक अभ्यासमा चीनको सिचुवान प्रान्तको राजधानी छेङ्दुमा १२ दिन लामो सैनिक अभ्यास हुँदैछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper