banner
banner

मोदीले ल्याएका भारतीय सेना

हाम्रो चासो मोदीको हेपाहा प्रवृत्तिप्रति हो ।
हामी नेपाली सबैसँग समान हैसियतको सम्बन्ध स्विकार्छाैं । मित्रताको नाममा हाम्रो मातृभूमिमा अर्काको बुटले परेड खेलेको सहन्नौं । आज विदेशीको नुन खाएर गुन तिर्न नेपाल आमामाथि गद्दारी गर्नेको बर्चस्व कतिञ्जेल होला ? यस्तो आपत्तिजनक गद्दारी सधैं रहनेछैन । त्यसपछि महान नेपाली जनताले उपयुक्त जवाफ दिनेछन् ।
जसले देशलाई माया गर्दैन, त्यसले आफुलाई नेपाली भन्ने हक राख्दैन । गद्दारहरुले बुझुन् ।
देशको विरोधी त्यो देशको जनताको पनि शत्रु हो ।
मातृभूमिको शत्रुलाई जसले सत्कार गर्छ, त्यो गद्दार हो र राष्ट्रघाती कहलाउँछ ।
देश धनी भएपनि नेता भ्रष्ट हुँदा निकै अपमानित महशुस हुने रहेछ ।
विश्वले नेपाली भनेपछि बीस बर्ष अघिसम्म निकै सम्मान गर्थे । हिजोआज नेपाल रसातलमा पुगेको जस्तो ब्यवहार गर्छन् । यो सबै यिनै गद्दार नेताका कारणले हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper