banner
banner

गतहप्ता जोर बिजोरको सकस

पदम हमाल -
भारतका प्रधानमन्त्री मोदी के आए, ठूलै आतंक रोक्नुपर्ने ठान्यो यो सरकारले र बन्दुकको नाल सोझ्याएर दिनुसम्म सकस दियो । न कतै जान पाइने, न कतै जरुरी काम फत्ते गर्न पाइने । मान्छे बिरामी भएर अस्पतालसम्म समयमै पुग्न सकेनन् । मानौं, तालिवानलाई रोक्ने जिम्मा नेपालको थियो, भारतीय सेनाले रोक्यो । नेपालको सुरक्षा निकायको मोरल डाउन गर्न सरकार पछि परेन ।
भदौ १४ र १५ गते जोर र बिजोर अनी जामस्टेकका कारण आम मान्छेहरु सडकमा भौतारिन वाध्य हुँदा धुलोले आक्रमण गर्नुसम्म गर्‍यो । मजाक बनेको ओली सरकारलाई व्यङ्ग गरियो– अब त्यसमा पनि कर ठोक्नु पर्छ ।
तुलसी रोप्ने हातमा क्याक्टस, त्यसैले जति सक्छौ लुट रोइलो नगर । सात देशको बिमस्टेक नामको सम्मेलनले देखाउनसम्म गाईजात्रा देखाएर सकियो । काठमाडौंबासीलाई सास्ती भो । यो सम्मेलनले प्रश्न उठाउको छ– १९४ देशका प्रतिनिधि आउने सम्मेलन भयो भने त सिंगो नेपालै जाम हुनेथियो होला । भारतका प्रधानमन्त्री आउँदा सेना लिएरै आए, सिंगो राजधानी जाम गरिदियो सरकारले । चीनका राष्ट्रपति सी जिनपिङ आउँदा सेना लिएर आए अथवा उनको सुरक्षाका लागि यो सरकारले के मात्र गर्ला, अनुमानको विषय बनेको छ ।
एउटा राष्ट्राध्यक्ष अथवा प्रधानमन्त्रीको सुरक्षा गर्न सक्दैन भने यस्ता सम्मेलन नै नेपालले गर्नु किन ? सिंगापुरमा अमेरिका र उत्तर कोरियाका शीर्ष नेतृत्वको सुरक्षा गर्नसक्ने गोर्खालीले आफ्नो देशमा सुरक्षा प्रवन्ध गर्न सक्दैन भन्ने सन्देश दिएर राष्ट्रको इज्जतलाई दयनीय हालता पुर्‍याइदिएको छ यो सरकारले ।
संविधानमा चल्ने सेनाले राष्ट्रपतिसँग कुरा गरेर सुरक्षा दिन सक्षम छौं भन्नुपर्ने हो । हरेक अप्ठेरो कामको जिम्मा सेनालाई दिने सरकारले सेनाको पहिलो कर्तव्य नै हो राष्ट्रको सुरक्षा गर्नु । सेना काविल छ, सेनामाथि अविश्वास गरेर सेनाको नैतिक बल गिराउने विदेशी चलखेलमा यो स्वाधीनतावादी सरकार लाग्नु भनेको आफैमा राष्ट्रको दुर्भाग्य हो । आमनागरिकले बुझ्न जरुरी छ ।

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper