banner
banner

अर्को जनयुद्धको तैयार भएकै हो ?

काठमाडौं । विप्लव नेतृत्वको नेकपा यतिबेला आक्रोशित छ । विप्लवलाई समेत पक्राउ गर्ने आदेश दिने सरकारले खड्कबहादुर विश्वकर्मादेखि धेरै नेताहरुलाई पक्राउपछि पक्राउ गरिरहेको छ । सरकार शान्ति होइन, बिद्रोह निम्त्याइरहेको देखिदैछ । कारवाही गर्न नसक्ने, पक्राउ गरेर दुखमात्र दिने सरकारको नियतबाट थाहा हुन्छ, सरकार आफ्नै घुँडामा बन्चरो ठोक्दैछ ।
यसकरण विप्लव नेकपाले सरकारलाई गम्भीर चेतावनी दिएर वक्तव्य निकालेको छ । सिधै प्रधानमन्त्री ओलीलाई चेतावनी दिनुले स्थिति गम्भीर बनेको हो ।
प्रेस विज्ञप्तीमा भनिएको छ– पछिल्लो क्रममा पार्टीका नेता तथा कार्यकर्ताहरु दिनदिनै जसो अपहरण शैलीमा गिरफ्तार गरी ओली सरकारले बेपत्ता पार्ने गरिराखेको छ । यही क्रममा पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य प्रकाण्ड, पोलिटब्युरो सदस्यहरु पदम राई , ओम पुन, कृष्ण धमाला, मोहन कार्की ,केन्दीय  सदस्यहरु किरण राई, दिपेश राई, देवनारायण शाह, टेक बहादुर केसी लगायत दजर्नौ नेता कार्यकर्तालाई गिरफ्तार गरेर यातना दिइराखेको छ । यही क्रममा गत भदौ ५ गते मात्र साङ्गठनिक कामको सिलसिलामा रहेका अर्का केन्दीय सदस्य चन्द्र बहादुर खड्का असललाई गिरफ्तार गरी अहिलेसम्म बेपत्ता पार्ने सरकारले उनको स्थिति के छ, स्पष्ट पारेको छैन ।
नेकपा विप्लवले वक्तव्य मार्फत सरकारले पार्टीका नेता कार्यकर्ता प्रति गरेको यो फाासिवादी रवैयाको घोर भत्र्सना गर्दै श्रृंखलावद्ध गिरफ्तारी तुरुन्त रोकेर गिरफ्तार सबै कमरेडहरुलाई ससम्मान रिहा गर्न माग गरेको छ ।
यतिमात्र होइन, नेकपा विप्लवको वक्तव्यमा आफ्ना माँगहरु संवोधन भएनन् भने यो दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेको सामाजिक फाँसिवादी सरकारका विरुद्ध सशक्त संङ्घर्ष गर्न बाध्य हुने जानकारी पनि गराइएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper