banner
banner

धाकभन्दा धक्कु ठूलो

वाशुदेव वाग्ले -
सिण्डिकेट चलिरहेकै छ, ३३ किलो सुन प्रकरण सुल्झिएको छैन, तस्करी भइरहेकै छ, कालोबाजारी चलिरहेकै छ । गुण्डागर्दी, चन्दा आतंक कम भएको छैन । यतिमात्र होइन, बढ्दो बलात्कार र हिंसाले सरकार अलोकप्रीय बन्न थालेको छ । महेन्द्रनगरकी निर्मला पन्तको बलात्कारपछि हत्याले गृहमन्त्री प्रश्नचिन्हमा उभिन पुगेका छन् । यस्ता गृहमन्त्रीले फेरि भनेका छन्– असामाजिक तत्वहरुलाई रोकेरै छाड्छु, गुण्डागर्दी हटाएरै छाड्छु ।
धाक भन्दा धक्कु ठूलो, हिड्न लाग्यो खुट्टा लूलो भनेको यही हो । आदेश दिन जान्ने, दिएको आदेशको मान राख्न नसक्ने गृहमन्त्रीको नाम रामबहादुर थापा बादल हो ।
गृहमन्त्री थापाले सिण्डिकेट र बिकृतिको अन्त्य गर्छु गर्छु । उनीमाथि प्रधानमन्त्री, पार्टी अध्यक्ष, राष्ट्रपति छन्, उनले बोलेर पुग्ने भए एनजीओ, आइएनजीओहरुको सम्पत्ति विवरण सार्वजनिक भइहाल्थ्यो नि । जसले सरकार चलाएको छ नेकपा, जसले समानान्तर सरकार चलाएको छ एनजीओ मार्फत नेकपा । सक्किहाल्यो नि । यति थाहा पाएपछि गृहमन्त्रीको कथन पन्चर भएन ?।
नेकपा अझै तल्लो स्तरसम्म बनिसकेको छैन । केन्द्रीय समिति ४ सय ४१ को बनाउने र सबै नेतालाई भूमिका दिने भनिएको छ । तल्लो तहमा एमाले र माओवादी केन्द्रको दुईधार रस्साकस्सी गरिरहेकै छैन । उही ६०, ४० को भागबण्डामा मिलाउने हरप्रकारको प्रयास नेतृत्वले गरिरहेको देखिन्छ ।
१२ वर्ष आलोपालो सरकार चलाएपछि बहुमत पाएको नेकपा, यसमा दुई अध्यक्ष छन् र दुबैवीच अध्यक्षता पालैपालो गर्ने सहमति भएको छ । मुखले दुबै दल विघटन गरेर नेकपा बनाइएको भनिन्छ, आलोपालो र भागबण्डेनीतिले दुईपार्टी मिलेर नयाँ बनेको झलक दिदैन । त्यहीकारणले गर्दा गृहमन्त्री रामबहादुर थापालाई काम गर्न मुस्किल परिरहेको छ । ठूला माफियालाई तर लगाउँछु भन्ने गृहमन्त्रीले पूर्व एमालेहरु नै असफल पार्न थालिरहेका देखिन्छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper