banner
banner

बैद्यबा र सीपीको केहीलागेन

गोविन्दप्रसाद पौडेल -
जनयुद्ध त गरे, आफ्नै पार्टी नेतासँग हारेर किनारा लागेका शक्ति बनेका छन् मोहन वैद्य किरण र सीपी गजुरेल ।
कुनै बेला मोहन वैद्य किरण मोआवादीका थिंक टेंक मानिन्थे, सीपी गजुरेल होनहार फ्रन्टलाइन नेत । आज यी दुबैलाई प्रचण्डले बगरको बालुवा फालेजसरी फालेर पहिले माओवादी केन्द्र र अहिले नेकपा निर्माण गरेर सत्ता राजनीति गरिरहेका छन् ।
गरुन त के गरुन् बैद्य र सीपी । दुबैजना घरका बुढाबाजसरी फालिएका छन्, यिनका कुरा सुन्ने कोही छैनन् । न पार्टीलाई धारिलो बनाउन सक्छन्, न नेकपाको घरभित्रै छिर्न सक्छन् । केपी ओलीले यसरी चलाकी गरे अथवा प्रचण्ड यति बिघ्न चंख निक्ले कि उनीहरु दुईजनाको वरिपरि सत्ता फनफनी घुमिरहेको छ । बाँकी सबै कम्युनिष्ट नेता यिनै दुई जनालाई हेरिरहेका छन् ।
प्रचण्डले बाबुराम भट्टराईलाई समेत दुधको झिंगा फालेजसरी फालिदिए, भट्टराईले नयाँ शक्ति पार्टी त खोले तर धार हाल्न सकेनन् । हतियारमात्र भएर राजनीति नचल्दो रहेछ, राजनीतिमा जनाधार हुनैपर्ने सर्त रहेछ, जुन धार हाल्न बैद्य, गजुरेलदेखि डा.बाबुरामसम्मले सकेनन् । आखिर कम्युनिष्ट राजनीतिमा प्रचण्ड र ओलीभन्दा धारिला नेता कोही देखिएनन्, यहाँसम्म कि मोहनचन्द्र र मोहनविक्रम समेत यिनका सामु फिक्का हुनपुगे ।
ओलीलाई २ पल्ट भेटेर श्रीमतीलाई मन्त्री बनाइदिन मोहनविक्रम सिंहले कसरत गरेकै हुन् । सकेनन् । मोहनचन्द्र अधिकारी त रुद्राक्षका माला गनेर बसेका छन्, उनलाई बृद्ध संगठन खोलेर वर्षको एकदिन भेला हुने काम जो मिलेको छ, त्यसैमा उनका दिन गुज्रिरहेका छन् । शायद अव कम्युनिष्ट पार्टी बृद्धाश्रममा जाने पालो शायद मोहन वैद्य र सीपी गजुरेलको हो कि के हो ?
सीपी गजुरेलको मस्ती गलेको चाहिं छैन । उनी जर्किएर भनिरहेका छन्– 
‘पार्टीको तत्कालीन नेतृत्व (प्रचण्ड र बाबुराम भट्टराई) ले भारतसमक्ष आत्मसमर्पण गरेको र त्यसैअनुसार सात दल र माओवादीबीच १२ बुँदे सहमति भएको हो’ ‘भारतले जुन चाहेको थियो, त्यही गर्न पुगियो ।’ भर्खर गजुरेलले खुलासा गरेका छन् ।
नेकपा क्रान्तिकारी नामको पार्टीका नेता हुन् गजुरेल । अध्यक्ष वैद्य थाकेर विश्राम गरिरहेका छन् शायद, गजुरेल गर्जिदै भन्छन्–
नेपालमा गणतन्त्र स्थापनाको निम्ति पछिल्लो चरणमा आफूहरूले भारतले चाहेअनुसारै काम गर्न पुगेको हौं । पार्टीको तत्कालीन नेतृत्व (प्रचण्ड र बाबुराम भट्टराई) ले भारतसमक्ष आत्मसमर्पण गर्न पुगेकाले सहमति पनि भयो, गणतन्त्र पनि आयो । यसबाट पुष्टि हुन्छ, प्रचण्ड र बाबुराम भारतले खेलाएका नेता रहेछन् ।
गजुरेलका अनुसार सहमति हुँदा उनी र मोहन वैद्य भारतको जेलमा थिए । उक्त सहमतिपछि जनआन्दोलन चर्केको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले भारतलाई चिढ्याउने गरी चीनलाई सार्कमा भित्र्याउने र पाकिस्तानसँग सम्बन्ध बढाउने अनि भारतले भनेको कुरा जस्ताको त्यस्तै नमानेकोले नेपालबाट राजतन्त्र उन्मूलन गरिएको हो ।
नेकपा क्रान्तिकारीले अव के गर्छ त भन्ने प्रश्नमा गजुरेल भन्छन्– संघर्षको विकल्प छैन । फेरि सङ्घर्ष नै गर्ने हो । त्यतिबेला प्रचण्ड, बाबुरामले गरेको गल्तीको भागिदार नहुने, किनकि जेलमा थियौं भन्दै उनले राजतन्त्रको अन्त्य भई लोकतान्त्रिक गणतन्त्र स्थापनापछि त्यसलाई आत्मसात् गर्ने शक्तिसँग फेरि सङ्घर्ष हुने र त्यसपछि आफूहरू जनगणतन्त्रमा जाने पार्टीको निर्णय रहेको उनको भनाइ छ । यही कुरा गजुरेलले हालै जनगणतन्त्रबाट पछि हटेर नेतृत्वले भारतका सामु आत्मसमर्पण गरेको बताएका छन् ।
यथार्थ के पनि हो भने यतिबेला नेकपा क्रान्तिकारी साह्रै कमजोर स्थितिमा छ । प्रचण्ड र ओली मिलेर नेकपा निर्माण गरेपछि त बैद्य, गजुरेलको पार्टीको कुनै भूमिका नै देखिदैन, तैपनि यो पार्टीलाई उठाएर जनसंघर्षकारीका रुपमा उभ्याउने उनको अठोट तारिफयोग्य देखिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper