banner
banner

मन्त्री कसरी शिक्षा विज्ञ ?

वाशुदेव वाग्ले -
अचम्म, मन्त्रालयले कुनै आयोग बनायो कि मन्त्री आफै अध्यक्ष भयहाल्नुपर्ने, यस्तै दृश्य देखियो उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगमा पनि । विज्ञ समूह गठन भयो, मन्त्री आफै अध्यक्ष बने । मन्त्री बसेको आयोगले कसरी सही शिक्षानीतिबारे रिपोर्ट आउला । मन्त्रीको दबाबमा उनी अनुकूल रिपोर्ट आउने पक्का छ ।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षाका आठ वटा विषय क्षेत्र निर्धारण गरी प्रतिवेदन पेश गर्न विज्ञ समूह गठन गरेकोमा मन्त्रीको हालीमुहाली आयोगमा सुरु भइसकेको छ । यो समितिमा मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष र अधिकांश नेकपामा सदस्यहरु छन् । पूर्वर्िशक्षामन्त्री गङ्गालाल तुलाधार, माध्यमिक शिक्षाका लागि श्याम श्रेष्ठ, आधारभूत शिक्षाका लागि प्रा डा मीनवहादुर विष्ट, विमल फुयाँल र प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि प्रा डा टंकनाथ शर्मा रहेका छन् । शैक्षिक संस्थाको सुशासन, वित्त र साझेदारीका लागि उषा झा, शिक्षामा गुणस्तरको लागि पूर्वर्िशक्षामन्त्री धनीराम पौडेल र समावेशिता र समसामयिक विषयको लागि प्रा डा विद्यानाथ कोइरालाको विज्ञ समूह गठन गरिएको छ । यो समितिमा विद्यानाथ कोइरालामात्र स्वतन्त्र शिक्षाविद रहेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper