banner
banner

संघीयता चल्न सक्दैन

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र चल्न सक्दैन, धान्न सकिदैन भनेका छन् ।
पार्टी कार्यालयमा उपस्थित सक्रिय कार्यकर्ता र उपस्थित पत्रकारका सामु अध्यक्षले यस्तो उद्घोषण गरेका हुन् ।
अध्यक्ष थापाका अनुसार पछिल्लो समयमा कर, मुल्यवृद्धि लगायत विषयलाई लिएर सरकारको चौतर्फी आलोचना भइरहेको छ । राज्य सञ्चालनमा देखिएको असफलता र जटिलताको मुल कारक राज्य संचालनको नीति र व्यवस्था रहेका छन् । विगतमा संघीयता र धर्मर्िनरपेक्षताको अगुवाई गर्नेहरुनै अहिले हिन्दुराष्ट्र हुनुपर्ने माग गर्दे हिडेको दाबी समेत उनले गरे ।  अध्यक्ष थापाले राप्रपा संविधानको परिधिभित्र रहेर आफ्ना मान्यता र एजेण्डा स्थापित गराउने अभियानमा सधै लागि रहने बताउँदै संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डामा राप्रपा यताउता नलाग्ने र राष्ट्रअनुकूलका आफ्ना यी सिद्धान्त प्राप्ति गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper