banner
banner

डेरीमा दूध माफिया

काठमाडौं । दुग्ध विकास संस्थानको दूध गुणस्तरहीन भयो भनेर सरकारी प्रयोगशालाले भने पनि चलिरहेको छ । कारण के रहेछ भन्दा भारतीय माफियासँगको सेटिङमा वार्षिक १० हजार टन पाउडर दूध आयात हुँदो रहेछ । प्रतिकिलो ३ सय पर्ने यो धुलो दूध ७ सय प्रतिकिलोमा किनिदो रहेछ । यो दूधमा क्याल्सियम न्यूनमात्रामा हुनेहुँदा दूध र दुग्ध पदार्थ गुणस्तरीय हुने कुरै भएन । वर्षको झण्डै ४ अर्व रुपैयाँ यताको दलाल हाकिम र उताका माफियाले मिलेर खाने रहेछन् ।
प्रधानमन्त्री बिरामी छन् । उनकी श्रीमतीले भनिसकिन्– मैले हेरविचार नगरे उनी ढल्छन् । यस्ता विरामी प्रधानमन्त्रीले बालबुढा, बिरामी र स्वस्थले समेत खाने दूधमा यति ठूलो घोटाला ? त्यो पनि सुशासन र समृद्धि दिन्छु भन्ने केपी ओलीको शासनकालमा ? प्रधानमन्त्री देशलाई स्वस्थ राख्न दूधको ठूलो महत्व छ । यसकारण दूधमा जुन प्रकारको घोटाला भइरहेको छ, त्यसलाई न्यूनिकरण गरेर गुणस्तरीय दूधको आपूर्ति मिलाउनतिर ध्यान दिने कि ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper