banner
banner

संविधान संशोधनभित्र चालबाजी

काठमाडौं । प्रधानमन्त्ती केपी ओली मधेसीको अधिकतम माँगलाई संवोधन गरेर संविधान संशोधन गर्न र आफ्नो सत्तालाई कांग्रेस इतरका सबै शक्ति समेटेर चक्रवर्ती बन्ने रणनीतिमा लागेका छन् ।
यता प्रचण्ड, पार्टीको बिधानमात्र होइन, यही संविधान संशोधनमा कार्यकारी राष्ट्रपतिको व्यवस्था गराउने र केही समयपछि वामदेवलाई चुनाव जिताएर संसदमा ल्याउने, प्रधानमन्त्री बनाउने र आफू कार्यकारी राष्ट्रपति बन्ने डिजाइनअनुसारको मेलोमा छन् ।
यसैकारण सरकारले मधेसी दलसँग गरेको संविधान संशोधनको सहमति प्रचण्डले लिक गर्दै भनेका छन्– सहमति जुट्यो । बाराको विश्रामपुरमा प्रचण्ड मार्ग र प्रचण्ड पार्कको उद्घाटनगर्न पुगेका प्रचण्डले आइतवार यो खुलासा गरेका हुन् ।
यतिमात्र होइन, उनले राजपा नेपालको माँगसमेत संवोधन गरेर संविधानलाई पूर्णता दिने र मधेसको संविधानप्रतिको गुनासोको अन्त्य गर्ने बताए ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper