banner
banner

बर्दियाबाट हारेका बामदेव डोल्पा

काठमाडौं । प्रचण्ड र ओलीले बामदेव नहुँदा संसद र सरकारलाई असहज भएको अनुभव गरेपछि डोल्पाका धनबहादुर बुढालाई राजीनामा गराएर त्यो ठाउँको उपचुनावबाट सांसद हुने र त्यसपछि गृहमन्त्री नै बन्ने सोचमा छन् ।
रुकुमकी कमला रोकाले नमानेपछि वामदेवका लागि डोल्पा छानिएको हो । धनबहादुर व्यापारी हुन् भने वामदेवका छोरा हरिश पनि व्यापारिक पार्टनर भएकाले नेकपालाई निर्णय लिन सजिलो भएको बताइन्छ । धनबहादुरलाई अर्को आकर्षक ठाउँ दिने गरी मनाइएको हो । बुढाको राजीनामा आउने थप कारण निर्वाचनका बेला मन्त्रीको लोभमा पनि पारिएको छ ।
वामदेवलाई सांसद बनाउने तारतम्यपछि गृहमन्त्री रामबहादुर थापा असजिलो अनुभव गरिरहेका छन् । एकातिर आइएनजीओको सम्पत्ति छानबिनमा प्रधानमन्त्री र राष्ट्रपतिको हस्तक्षेपले निर्णय फिर्ता लिनुपरेको, डा.गोविन्द केसीका बारेमा अधिनायकवाद ल्याउन लागेको भन्दा अप्ठेरोमा परेकाले पनि गृहमन्त्री फेर्न खोजेको बुझेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper