banner
banner

बिरोधविरुद्ध नेकपाको यस्तो नीति

वाशुदेव वाग्ले -
सत्याग्रह आन्दोलन हो । यस्तो आन्दोलन पवित्र मानिन्छ । तर सत्याग्रहीमाथि सत्ताको लाठी बस्र्यो, अपहरणको शैली अपनाइयो, अस्पतालभित्रै प्रहरी हस्तक्षेप भयो, सडकमा टियरग्यास पड्किन थाले, मानौं नेपाल अर्को जनआन्दोलनमा प्रवेश गरेको छ । चुनाव भइसकेपछि यस्तो आन्दोलन हुन जरुरी थियो र ?
विपक्षी सत्याग्रहीमा देखिएको समर्थनलाई राजनीतिकरण गर्न उक्सियो होला, सरकार यसरी नांगिन मिल्छ ? दुई तिहाई मत पाएको सर्वशक्तिमान सरकारले शक्ति देखाउनै पर्दैन, किनकि सरकार शक्तिशाली छ, शक्तिको दुरुपयोग आमनागरिकमाथि, सत्याग्रहीमाथि प्रयोग गर्नु भनेको त अधिनायकवाद भएन र ?
यस्ता अनगिन्ति आरोपहरु लागेपछि प्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल, नारायणकाजीहरु आफ्ना कार्यकर्ता, संचेतन बर्गलाई स्कूलिङ सुरु गरेछन्, बचेर बोल्नु, बुझाउनु, विपक्षीका आरोपको सकभर खण्डन गर्नु ।
यसअघि चौतर्फी आक्रमण र घेरावन्दी भएपछि म पार्टी अध्यक्ष, पार्टीका सबैले मेरो आदेश मान्नुपर्छ भन्दै यत्रो परिवर्तन ल्याउने, यत्रो मत ल्याउने, यत्रो अभिमत ल्याउन सक्ने पंक्तिमा मानौं कोही लेख्न जान्ने मान्छे नै छैन, कसैले लेखेको छैन । कोही बोल्न जान्ने मान्छे पनि छ जस्तो लाग्दैन, कोही बोलिरहेको छैन ।’ भनेर प्रश्न गरेका थिए । अव स्कूलिङ सुरु गरेका छन् उनले । तैपनि माओवादी पंक्ति केही बोलिरहेको छैन, एमाले पंक्तिमा पनि बीचबचाउ गर्न कोही नलाग्नु खतराको संकेत हो ।
यतिखेर सामाजिक सञ्जाल कम्युनिष्ट सरकारको विपक्षमा देखिन्छ । त्यसमाथि दुर्गा प्रसाईले प्रचण्ड र ओलीको खाल उतार्ने खालको अभिव्यक्तिमात्र दिएका छैनन्, नेपाली चेलीमाथि र बंगलादेशी शिक्षकमाथि बलात्कारमा पर्ने र बलात्कारी भएको आरोप लगाएर ओली र प्रचण्डको संगत देखाइदिएका छन् ।
ओली सरकार विरुद्ध जनमानससमेत आन्दोलित हुनपुगेका छन् । अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले भनेका थिए, ’लगभग सबै मानिस विषम् परिस्थिति झेल्न सक्छन् । तर कुनै मानिसको चरित्र जाँच्नु छ भने उसलाई सत्तामा पुर्याऊ ।’ ओली जनआक्रोसको सामना गर्नैपर्ने परीक्षाको घडीमा पुगेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper