banner
banner

सुनकाण्ड खासखुसपछि फासफुस

३३ किलो सुनकाण्डका कारण ३ जनाले ज्यान गुमाए । ६३ जना पक्राउ परे, मुद्दा चल्यो, देशैभरि हल्लीखल्ली मच्चियो । तैपनि छानबिन समितिले सुन फेला पार्न सकेन । कुनै प्रतिक्रिया नदिई वाच गरेर बसेका प्रधानमन्त्रीले अन्तत: सुन फेला पार्न नसके थप अरुलाई पक्राउ नगर्नु भनेर आदेशमात्र दिएनन्, छानबिन स मितिको म्याद समेत थप्न रोक लगाइदिए । कस्तो सरकार हो यो ?
गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा अनुसन्धान भइरहेको थियो । आरोपितको सूची लामै थियो र पक्राउ गर्ने क्रम पनि चलिरहेको थियो । गृहमन्त्रीले पत्रकारलाई बोलाएर साना भुरा माछा समातिएका छन्, अव ठूला माछा समातिन्छन् भनेर सगौरव घोषणा पनि गरेका थिए । प्रधानमन्त्रीले असन्तुष्टिका साथ निर्देशन दिएपछि ३८ टन सुन नेपाल भित्रिएको अनेकन सुइँकोहरु निस्कन थालेका कारण ३३ किलो सुन प्रकरणलाई पूर्णविराम दिइयो । कुरा परेछ, प्रभावशाली व्यक्तिहरु जो प्रधानमन्त्रीका निकट थिए, तिनीहरु पनि पक्राउ पर्ने भएपछिको केही दिनको खासखुसपछि लहरो तान्दा पहरो गर्जने ३३ किलो सुन काण्ड फासफुस पारियो ।
अनुसन्धान टोलीको कथन छ– ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्तिपछि हामी निरास भयौं, जुन तहसम्म अनुसन्धान हुनुपथ्र्याे त्यहाँसम्म अझै पुग्न सकिएको छैन’, अव हामी रिपोर्ट बुझाउने तैयारी गरिरहेका छौं । ३३ किलो सुनकाण्ड, ३८ टन सुन प्रकरणको रहस्य नखुल्दै अनुसन्धान सकियो, कर्ताको म्याद पनि सकियो ।
काले भनिने किशन अग्रवाल, हरि खड्का भनिने हरिशरण खड्का, केशव चापागाईं, राजेन्द्र शाक्य, अर्जुन खरेल, सञ्जय भनिने दुर्गाप्रसाद खरेल र राजन पन्थ तथा नेपालमै रहेका विमल पोद्दारका व्यापारिक साझेदार भनेर पक्राउ परे । मोहन अग्रवाल, सावरमल जोधानी फरार छन् । १९ महिनामा ३८ सय टन सुन भित्रिएको र अधिकांश भारत निकासी भएको खुलासा गर्ने चुडामणि उप्रेती गोरे गोलघरमा बन्दी बनेका छन् । उनका भाइ रमेश उप्रेती दुबईमा पक्राउ परे ।
प्रतिकिलो सुन भारत पुर्‍याउँदा ३ लाखसम्म फाइदा हुन्छ । ३८ टन सुनमा कति नाफा कमाए होलान् । यसमा सरकारी तलवजीवीहरुले पनि कमाउनु कमाए । सुशासन र समृद्धिको एजेण्डा बोकेका प्रधानमन्त्री ओलीले विकृतिमाथि गोली हान्लान् भनेको त माफियाको संरक्षणमा पो शक्ति देखाए । शक्तिमान ओली ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper