banner
banner

विश्वकै सुन्दर देशमा नेपाल पहिलो

पदम हमाल -
नेपाल विश्वका १० सुन्दर देशको सूचीमा पहिलो हो । यति सुन्दर देशमा विकृत सरकार छ, पार्टीहरु छन्, थिंक टेंक छन्, नीतिकार छन्, यसकारण नेपालको पर्यटन विकास हुनसकेको छैन । अचम्म छ, प्रकृतिको यति सुन्दर छायाँ छवि भएको देशमा विश्वशान्तिका प्रतिक बुद्धको जन्मथलो छ । विश्वको अग्लो सगरमाथा छ । के छैन, कला संस्कृति इतिहास बास्तुकला धार्मिक विविधता पनि नेपालमै छ । छैन त देशविकासको भोक छैन, इच्छाशक्ति छैन, भ्रष्टाचारी चरित्रमात्र छ ।
सन २०२० मा २० लाख पर्यटक ल्याउने सरकारको योजना छ । दुई ठूला देशका वीचमा रहेको तरुलजस्तो देश, जहाँ विशेषतामात्र छन्, आकर्षणमात्र छन्, २ करोड पर्यटक भित्र्याउन सकिन्थ्यो । किन सकिएन ? यसबारेमा पर्यटनविदले समेत विषद छलफल गरेका छैनन् । खाली राजनीति, राजनीति र राजनीतिले देश खोक्रो पारियो ।
भ्रमणका लागि नेपालजस्तो उपयुक्त मुलुक अरु छैन । यति सुन्दर मुलुकलाई भ्रमणमा जाउँ जाउँ पार्न नसक्नु नेपालको कमजोरी हो । राजनीति र सरकारको कमजोरी हो । पर्यटन विकास बोर्ड भन्ने संस्था पनि छ, यो संस्थाभित्रसमेत राजनीति, भ्रष्टाचार । सुशासन पहिलो प्राथमिकतामा राखेको सरकारले सुशासन कायम गराउन सकेको छैन, कूशासनले ग्रस्त  भएकै कारण सुरक्षा र पर्यटक सुविधा समेत छैन । हामीसँग पर्यटकलाई कसरी रत्याउने भन्ने संस्कारको समेत कमी छ । पर्यटन उद्योगका लागि नेपाल अब्बल हो, उद्यमका लागि कोही तैयार नै छैनन्, के गर्ने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper