banner
banner

चुनाव हारेका लोकका राजा

धर्मरत्न श्रेष्ठ -
चुनाव जित्न सकिन्छ, हारिन्छ पनि । लोकप्रतिको दायित्व ज्यूँदो रह्यो भने नेता जहिले पनि जिवन्त रहन्छ । त्यस्तै व्यक्ति बनेका छन्– कांग्रेसका राजीवविक्रम शाह जसले ५ करोडको नीजि खर्चमा जाजरकोमा अस्पताल बनाइदिए ।
जनकपुरका जमिन्दार र ८ वर्ष राष्ट्रपति बनेका डाक्टर रामबरण यादव पनि कांग्रेसमा थिए । उनले आफूलाई सरकारी ढुकुटीलाई बृद्धाश्रम बनाएर पालिएका छन्, आमनागरिकले कर तिरेर उनी र विशिष्टहरुलाई पाल्नुपरेको छ । धनाध्येको राजनीति देखेर घृण उत्पन्न हुनसक्छ, तर यस्ता धनाध्ये पनि छन्, जसले जनताको सेवा गर्न जीत हार, पदलाई मुख्य ठानेनन् । यसकारण यिनी स्तुत्य छन् ।
राजीव विक्रम शाहले २०७० को निर्वाचनको क्रममा जाजरकोटी जनतासँग अस्पताल निर्माण गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । पछिल्लो चुनावमा उनी चुनाव हारे । तैपनि उनले व्यक्तिगत लगानीमा २५ शैयाको सामुदायिक अस्पताल निर्माण गरेर जनतासँग गरेको बाचा पुरा गरेर देखाए । प्रत्येक नेताले चुनाबताका आफूले जनता सामू गरेका प्रतिबद्धता पुरा गरेका हुन्थे भने नेपालको रुप बिल्कुलै फरक भैसकेको हुन्थ्यो । अहिले नेकपा सरकारमा छ, नेकपाका नेताहरुले अनगिन्ति वचन दिएका छन्, वाचा गरेका छन्, पूरा गर्लान् तिनले आफ्ना प्रतिवद्धता ?

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper