banner
banner

राउटे बने नेपाली

काठमाडौ । पश्चिम नेपालका जंगल र नदीकिनारका फिरन्ते जाति राउटे २०७५ साल असार ३१ गतेबाट पहिलोपटक नेपाली बनेका छन् ।
शीरमा टोपी कहिल्यै नछाड्ने तर यिनलाई सरकारले केहीवर्षदेखि बल्ल खर्चपानी दिने गरेको थियो, यिनीहरु नेपालमा त बस्थे, नेपाली हुनुको कुनै परिचयपत्र थिएन । यिनलाई सरकारले पहिलोपल्ट स्थायी परिचयपत्र दिएको छ । फिरन्ते नै सही, यिनीहरु नेपाली बनेका छन् ।
खासगरी कर्णालीप्रदेश अन्तर्गतको दैलेख जिल्लाको गुराँस गाउँपालिका स्थित पातले खोलामा बसोबास गर्दै आएका राउटे समुदायका नागरिकलाई पहिलो पटक स्थायी परिचयपत्र दिइएको हो । राउटेहरु अन्य क्षेत्रहरुमा पनि छरिएर रहेका छन् । तिनलाई पनि परिचयपत्र दिनु जरुरी छ । आदिवासी जनजातिका ठूलै स्वर गुञ्जिने गरेको छ, १ सय २६ जातिको नेपालमा राउटेजस्ता अनगिन्ति जातिहरु पहिचान विहीन जीवन बिताइरहेका छन् ।
परिचयपत्रका आधारमा राउटेजस्ता सिमान्तकृत जातिले सुरक्षाभत्ता, सहज उपचार, राहत र अन्य राज्यले दिने सहुलियत लिन सहज हुनेछ । परिचयपत्रमा नाम, थर, जन्ममिति, ठेगाना, बाबु, आमाको नाम र पति–पत्नीको नामसमेत उल्लेख हुनेगर्छ । राष्ट्रिय परिचयपत्र वितरण जहिले भए पनि स्थानीय सरकारको परिचयपत्र झन महत्वपूर्ण हुनेगर्छ यस्ता सिमान्तकृत जातिलाई ।
राउटे जस्तै लोपोन्मुख अनेक जाति समुदाय छन्, तिनका भाषा, रहनसहन, संस्कृति, धर्म, कलाको अध्ययन, अनुसन्धान, संरक्षण गर्न राज्यले एउटा निकाय बनाउन जरुरी छ । राउटेहरु दैलेख, सल्यान, सुर्खेत, दाङलगायतका जिल्लामा छरिएर बसोबास गर्छन् । राउटेको आज पनि माँग छ, पैसा होइन, बाँच्नका लागि खाद्यान्न र आधार देउ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper