banner
banner

मनमोहन ऋणमा चुर्लुम्मै

मनमोहन अधिकारी मेमोरियल कलेज भनेर मेडिकल कलेज खोल्ने नाममा यसका आजीवन अध्यक्ष राजेन्द्र पाण्डेले विभिन्न बैंकबाट लिएको साँढे २ अर्व ऋण ३ वर्ष हुँदा व्याजसमेत तिरेका छैनन् । मनमोहन अधिकारीको मृत्यको १९ वर्षपछि पनि मनमोहन अधिकारीजस्ता सच्चा कम्युनिष्ट ऋणमा चुर्लुम्मै डुब्नुपर्ने कारण मेडिकल माफियाले उनको नामलाई बेयरर चेक बनाउनु नै हो । मनमोहन अधिकारीले मरेर पनि सुख पाएनन्, उनका अनुयायीहरुले
लाई अझै पनि ठगी खाने, लुटीखाने साधन पो बनाए । आज पनि मनमोहन अधिकारीको नाम आमनागरिकले श्रद्धाले लिनेगरेको छ ।
नेकपाभित्र कुनै पनि त्यस्तो नेता छैन, जसले मनमोहन अधिकारीको उचाइमा पुग्न सकेको होस् । हिजोका ठेट्ना नेताहरु शक्तिको मदमा यसरी मात्तिएका छन् कि उनीहरु आमजनभावनालाई नै कुल्चन तैयार छन् र मनमोहन अधिकारीको नाम मेडिकल माफियाले लूटमा सामेल गराइरहेका छन् । तैपनि मनमोहन अधिकारीका सच्चा अनुयायीहरु टुलुटुलु यो सब हेरिरहेका छन् । किन होला ? मनमोहन अधिकारी त जननेता थिए, उनलाई पत्रु बनाउन उद्दत छन् मेडिकल माफियाहरु ।
सरकार चलाउने र ठूला पार्टीका नेताहरु यिनै माफियाको मार्सी चामल खाएपछि देशको के हुने ?

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper