banner
banner

सिंगो राजधानी यौन बजार भइसक्यो

दिनमा युएनपार्कदेखि रत्नपार्क पनि जानुहुन्न, यौनबजार छरपस्ट देखिन्छ । जाने गइरहेका छन्, लाने लगिरहेका छन् । मोलमोलाई भइरहेको हुन्छ, प्रहरीलाई समेत मिलाएको खतरा छैन भन्ने पनि टड्कारै सुनिन्छ ।
साँझ परेको हुन्न, राजधानीका कुनै पनि बाक्लो आवतजावत गर्ने मोडमा हिड्नै हुन्न, जाने हो भन्छन् । त्यसमाथि डान्सबार र दोहोरी साँझले त लट्टै लिएको छ । उफ, के हो यो, सिंगै राजधानी यौनबजार ।
हात हातमा मोवाइल बोक्नेहरु मोवाइलमा खुल्लम खुल्ला रतिक्रिया हेरिरहेका देखिन्छन् । लाजमर्दा पोष्टरहरु एकले हजारौंलाई सेन्ट गरिरहेका छन् । मानौं हात हातमै सेक्सबजार छ । मान्छे सन्किन्छन् र मानसिक विकृति बोकेर डान्सबार, मसाज सेन्टर र दोहोरी साँझतिर लाग्छन् । दिनमै रमाइलो, रातमै रमाइलो छ युवादेखि बृद्धसम्मलाई । सक्ने विदेश गए, नसक्नेहरु यहीँ छन् र यौनको लतमा मदमस्त भइरहेका छन् । खासकारण हो अर्धनग्न नाच, नाच्दानाच्दै नांगिने, यौन अपिल र सर्वसुलभ शारीरिक सम्पर्क । लत लागेपछि पैसा जहाँबाट पनि ल्याउँछन्, कतै नपाए अपराधि कृयाकलापमा पनि संलग्न हुन्छन् । प्रहरी जतिसुकै सक्रिय भएर पनि के गर्ने ? प्रहरीले रातको १२ बजेसम्ममात्र डान्सबार खोल्न पाइन्छ भनेर के रोकिन्थ्यो । दिनभरि नै पार्कतिर, रातभरि नै होटल र डान्सबार र दोहोरीतिर मजैले यौन बजार गुल्जार भइरहेको छ । गरोस् त सरकारले के गरोस् । रोकोस् त सरकारले के रोकोस्, सोच नै यौनमय भएपछि सरकार असहाय छ ।
नेपाली महिला पनि कति अत्याधुनिक भएका । अर्चना पनेरु आमाछोरीले नग्नताको पराकाष्ठा नै नाघे । प्रहरीले पक्राउ पनि गर्‍यो, केही लागेन । पोर्न स्टार नै बन्छु भनेर हिडेका छन् । अकी महिला डाक्टर छिन्, उनी नेपालीहरु सेक्स नै गर्न जान्दैनन्, म सिकाइदिन्छु भनेर विज्ञापन गरिरहेकी देखिन्छिन् ।
समस्या हाम्रो संस्कार र संस्कृतिको छ । वैधानिक रुपमा रेडलाइट इलाका खोलिदिएको भए, सानै कक्षादेखि यौन शिक्षा दिएको भए, यौनरोगका खतरनाक परिणामहरुबाट संचेतना फैलाउन सकेको भए, शायद यति बिकराल समस्या देखिनथ्यो कि ? स्वास्थ्य केन्द्रहरुको रिपोर्टले समेत भर्खरका युवतीहरुको एभोर्सन गति तीब्र रहेको देखिन्छ । त्यसमाथि कोखमा छोरी छ भने त भ्रुणहत्याका घटनाहरु पनि बढी छन् । कानुनले बर्जित गरेर के गर्ने, नैतिकतामा न डाक्टर बस्न सके, न पैसाका सामु कानुनले नै काम गर्नसक्यो । छोरीको भ्रुणहत्याको महामारी फैलिसकेको छ । 
हुन त डान्सबार, दोहोरी साँझ, क्याविन, मसाज कतै पनि यौन बेच्न पाइन्न । बेला बेलामा प्रहरीले छापा मारेर युवायुवतीलाई पक्राउ पनि गर्छ । केही युवतीहरुले प्रहरीलाई सिधै भन्ने गरेका छन्– हामीसँग घरजग्गा छैन, डेराभाडा तिर्नुपर्छ, साना साना लालाबाला छन्, बुढा सासु ससुरा, आमा बाउ छन्, तिनको ओखती किन्नुपर्छ । जे छ त्यही बेच्ने हो । हामीसँग बेच्नका लागि शरीर छ, शरीर बेच्यौं त के समात्छौं । हामी विवस छौं । प्रहरी जिल पर्छ र छाडिदिन्छ ।
हुन त समस्या राजमार्गमा बढी छ । लामा राजमार्गमा मात्र होइन, दक्षिणकाली रोड होस् कि भक्तपुर, सांगा, बालाजुमाथिका सडक हुन् कि अन्य सडक छेउ जताततैका होटलहरु यौनबजार हुन् । हुन त कलंकी, पुरानो, नयाँ बसपार्कतिर रहेका हजारौं लजहरु डे लज हुन् । युवादेखि बुढासम्म ती लजहरुलाई यौनबजार बनाइरहेका छन् । कतै कोलाहल छैन, यौनबजार शान्त छ, दिनेले दिइरहेको छ र लिनेले लिइरहेको छ । यौनबजारभन्दा व्यवस्थित कुनै बजार देखिदैन । राजनीति कोलाहल छ, शासन प्रशासनमा भ्रष्टाचारको कोलाहल सुनिन्छ । तर यौनबजार मजाले चलिरहेको छ । यौनबजारले सरकारलाई कुनै चुनौति दिएको देखिदैन, त्यसैले सरकारले पनि फैलदो यौनबजारलाई विधिमा बाँध्ने जरुरत ठानेको छैन ।
हरेक दिन पहाडबाट सहर झर्छन युवा युवती । सक्नेले दलालको संगत गरेर विदेश जान्छन्, नसक्ने यतै यौनबजारतिर सड्छन् । जो विदेश जान्छन्, तिनीहरु नेपालदेखिनै यौन शारीरिक र मानसिक शोषणमा परेका अनेक कहानी सुनिन्छन् । ुवा जमात बिग्रेको होइन यो, नेपालको सुन्दर भविष्य अन्धकार भइरहेको हो । विवेकशीलहरु यति डरलाग्दा कुराहरुलाई सभ्यताका नाममा स्वीकारी रहेका छन् । नेपाली संष्कार र संष्कृतिलाई पश्चिमा बन्दैछ । सरकार सोच बेलैमा । मनोरञ्जन चाहिन्छ । मनोरञ्जन स्वस्थ हुनुपर्छ । यौनबजार विकृति, हदैसम्मको राष्ट्रघात हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper