banner
banner

को को बन्लान् १४ राजदूत ?

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूतका लागि बनाएको ३० नामको सूचीको खेस्रा प्रधानमन्त्रीलाई बुझाएका छन् । १४ मुलुकमा एकैपटक राजदूत चयन गर्ने निर्णयमा प्रधानमन्त्री ओली पुगेकाले मन्त्री ज्ञवालीले होमवर्क गरेका हुन् । यो सूचीमा जम्बो जेट पार्टी नेकपाका दुई पाइलट ओली र प्रचण्डले ओके गरेपछिमात्र राजदूतहरु नियुक्त हुनेछन् । स्रोतका अनुसार दुबै नेतालाई राजदूत बन्न चाहना राख्नेहरुको दबाब झेलिनसक्नुको छ र भागबण्डा उही ६०, ४० को रेसियोमा गरिने पक्कापक्की भइसककेको छ ।
को को बन्लान १४ राजदूत ? अहिले यसै भन्न सकिने अवस्था छैन, किनभने यसमा दुबै पार्टीका शीर्ष नेताको चयन, चयन गर्दा नातावाद, पैसावाद र पार्टीवादको सन्तुलन मिलाउनु भनेको ढुंगा चपाउनुजस्तै हुनेछ । समस्या भर्खर माथिल्लो तहमा एकीकरण भएको पार्टीको तल्लातहमा एकीकरण हुनै बा“की छ । यो अवस्थामा नेकपाका पाइलटलाई राजदूतलगायतका राजनीतिक नियुक्तीमा सुरक्षित अवतरण जोखिमपूर्ण छ ।
केही मुलुकहरु थाइलेण्ड, स्वीस, दक्षिण अफ्रिका, ब्राजिल स्वतः राजदूत पद रिक्त हुनपुगेको छ । भारत, मलेसिया, युएईमा त खाली नै छ । पूर्व सरकारले नियुक्त गरेका राप्रपा र कांग्रेसका कोटाका राजदुतहरुलाई फिर्ता बोलाइने तैयारी भएको छ । साउन महिनाभरिमा राजनीतिक र राजदूत पदपूर्ति गर्ने योजनामा ओली सरकार जुटिसकेको छ । त्यतिबेलासम्म खाली, खालीहुने र फिर्ता बोलाइने राजदूतहरुको संख्या बढी हु“दा केही पद क्यारियर डिप्लोम्याटलाई, अरु भागबण्डा गर्न सहज हुने र विवाद नहुने कारणले रणनीति बनेको हो ।
परराष्ट्रका पदाधिकारीहरुले अध्ययन प्रतिवेदन परराष्ट्रमन्त्री ज्ञवालीको टेबुलमा पु¥याइसकेका छन् । यो प्रतिवेदनका अनुसार आधा कर्मचारीबाट र आधामात्र राजनीतिक नियुक्ती र त्यसमा पनि कूटनीतिक क्षमता र ज्ञान भएकालाई नियुक्ती गर्दा उचित हुने सुझाव उल्लेख छ । यो सुझाव पहिलेको सरकारले उल्लंघन गरेको थियो, अव त्यसो नहोस् भनेरै कर्मचारीहरुले मन्त्री ज्ञवालीको ध्यानकर्षणका लागि रिपोर्ट उनको टेबुलमा लगेर राखिदिएका हुन् ।
खाली हुने पदहरु क्यारियर डिप्लोम्याटका भएकाले पनि राजनीतिक नियुक्ती पाएकाहरुलाई फिर्ता बोलाउनै पर्ने बाध्यता सरकारसामु छ ।
नेकपाभित्र दुई पाइलटमात्र छैनन्, नारायणकाजी, माधव नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेलजस्तालाई समेत खुशी पार्न कोटा दिनुपर्ने अवस्था छ ।
कांग्रेसले नियुक्त गरेका श्रीलंकाका विश्वम्भर प्याकुरेल, वर्माका भीम उदास, दक्षिण कोरियाका अर्जुनबहादुर सिंह, कतारका रमेश कोइराला र बंगलादेशका चोपलाल भुसाल घरफिर्तीमा पर्नेवाला छन् । राष्ट्रसंघका प्रतिनिधि फिर्ता बोलाइए । तत्कालीन फोरमका गच्छदारको कोटाकी ओमनकी राजदूत शर्मिला ढकाल, राप्रपाका तीन स्पेनका भरत रायमाझी, जापानकी प्रतिभा राणा र इजरायलका निरञ्जन थापासमेत फिर्तीको सूचीमा छन् ।
यसरी खाली हुने र ९ राजदूत फिर्ता बोलाउ“दा कम्तिमा १५ र केही दूतावास थप गरिने सम्भाबना बढेकाले १८ राजदूतहरु एकैपटक नियुक्त हुनेवाला छन् । यसो भएमा क्यारियर डिप्लोम्याट र राजनीतिक भागबण्डामा सहज हुने र विवाद नहुने अवस्था कुरेका छन् ओलीले । यद्यपि पूर्व माओवादी केन्द्र अर्थात प्रचण्डको सिफारिसमा पदम सुन्दास बहराइनमा, डा.महेन्द्र सिंह साउदी अरवमा, लक्की शेर्पा अष्ट्रेलियामा र लीलामणि पौडेल चीनमा कार्यरत छन् । तिनलाई फिर्ता नबोलाउने र प्रचण्डको कोटामा यिनलाई राखेर आफ्नो कोटामा धेरै राजदूत नियुक्त गर्नसक्ने बताइन्छ ।
प्रतिपक्ष कांग्रेस रिसाउ“छ कि भन्ने भय देखिदैन ओलीमा । उनी पेलेरै जानेमा प्रवृत्त देखिन्छन् । ३ दिन अ घिमात्र डा.गोविन्द केसीको आमरण अनसनका बारेमा मानवाधिकार आयोगको सुझाव र प्रतिपक्षीको सदन अवरोधपछि मेडिकल विधेयक परिमार्जन गर्न राजी त भए तर उनले मेडिकल कलेज खोल्न दिइनेछ भनेर संकेत दिएका छन् । यसबाट थाहा हुन्छ, दुई तिहार्ई किन चाहिएछ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper