banner
banner

यी हुन् आमा ?

काठमाडौं । यी ६४ वर्षकी आमाले २८ वर्षको छोरो बचाउन आफ्नै किड्नी दिएर आमाको धर्म निभाएकी छिन् । बुढेसकालमा छोराले हेरविचार गर्नुपर्नेमा, यी आमा जवान छोरो बचाउन आफ्नै जीवन धरापमा पारेको देख्नेहरु चकित परेका छन् । यी हुन् आमा, ९ महिना कोखमा राखेर मात्र जन्माउ“दिनन्, जन्मेपछि सदा चिरञ्जिवीको बरदान दिइरहन्छिन् ।
केपिलासगढी गाउ“पालिका–३, की यी ६४ वर्षकी आमा हुन् धनकुमारी दर्जी । २८ वर्षका छोरा सुरेश दर्जीको मिर्गौला फेल भएपछि मिर्गाैला दिएर छोरोलाई पुनर्जन्म दिएकी हुन् ।
गत हप्ताको विहीवार आमाको मिर्गौला छोरामा प्रतिस्र्थापन गर्ने डाक्टर थिए पुकार श्रेष्ठको टोली । भक्तपुरस्थित अंग प्रत्यारोपण केन्द्रमायो जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको थियो । धनले गरीव भए पनि आमा जिवित छिन् भने सन्तानले अकालमा मर्नु पर्दैन भन्ने यो अर्को उदाहरण हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper