banner
banner

सार्क मार्न विम्स्टेक सक्रिय पारियो

गोविन्दप्रसाद पौडेल -
नेपाल, भारत, पाकिस्तान, भूटान, बाङ्गलादेश, मालदिप्स, श्रीलङ्का र अफगानिस्तान ः आठ राष्ट्रको साझा संस्था सार्क, यतिबेला निक्रिय छ । गतवर्ष नै पाकिस्तानमा गरिने भनिएको शिखर सम्मेलन भारतका कारण रोकियो र सार्कलाई यसैगरी सखाप पार्न भारत लागिपरेको अनुमान हु“दैछ ।
नेपाल अध्यक्ष छ सार्कको । अध्यक्षताको हैसियतले सार्कको आगामी बैठक गराउन जुन भूमिका खेल्नुपर्ने हो, भारतको कूटनीतिक चक्रव्यूहमा फसेर नेपालले भूमिका खेल्न नसकेकोमा आलोचना पनि भइरहेको छ ।
जसरी पनि पाकिस्तानलाई दक्षिण एसियाको समाजमा एक्ल्याउने रणनीति भारतको देखिन्छ । भारत र पाकिस्तावीच काश्मिर समस्या छ, स्वतन्त्रतादेखिको यो समस्या ७० वर्ष पुरानो कचल्टिएको समस्या हो । यो समस्याको निदान निकाल्न राष्ट्रसंघले समेत चासो देखाएको छैन ।
भारत पाकिस्तानलाई आतंककारी भनेर आरोप लगाइरहेको छ भने पाकिस्तान भारतलाई । पाकिस्तान अफगानिस्तानबाट छिर्ने आतंकस“ग मुकाबिला गरिरहेको र ठूलो जनधनको क्षति बेहोरे पनि आतंकस“ग लड्न नछाड्ने व्यवहार देखाइरहेको मुलुक हो । तर भारत र पाकिस्तानको काश्मिर मुद्दाको छाया“मा सार्क परेको छ र भारत विम्स्टेकलाई सक्रिय पारेर सार्कलाई निस्किय पार्न अग्रसर देखिदैछ ।
पाकिस्तान भारतलाई मिचाह, अमानवीय र हस्तक्षेपकारी मुलुक ठान्छ । हुन पनि दक्षिण एसियामा भारतका क्रियाकलाप हस्तक्षेपकारी नै छ ।
सार्कमा चीनलाई सदस्य बनाउनु पर्छ भनेर तत्कालीन राजा ज्ञानेन्द्रले कुरा झिक्दा भारत यसरी रिसायो कि भारतले राजतन्त्र उन्मूलन गर्न मुख्य भूमिका नै खेल्यो । अहिले पाकिस्तान चीनलँई सार्कको सदस्य बनाउनु पर्छ भनिरहेको छ, जुन भारतका लागि पाच्य छैन । तर, पाकिस्तान पनि भारतजस्तै आणविक शक्ति भएकाले नेपालमा जस्तो विघटन र विध्वंशकारी भूमिका खेलन भारत सक्षम छैन, पाकिस्तान भारतको त्यस्तो व्यवहार सहन पनि गर्दैन । चीन सार्कमा पनि प्रवेश गर्न सफल भयो भने भारतको प्रभाव समाप्त हुने अर्थमा भारतले सार्कलाई बिघटन गराउने प्रयासमा लागेको देखिन्छ ।
चीन ओविओआर महत्वाकांक्षी योजनाका साथ प्रवेश गरेको छ । उसले पुरानो सिल्क रोडलाई आधुनिक वान बेल्ट वान रोडका माध्यमबाट सक्रिय पार्न लागेको छ । भारत चीनको बढ्दो प्रभाव र आर्थिक सम्पन्नताबाट आत्तिएको अनुभूति जो कसैले गर्नसक्छ यहीकारण भारत सार्क सवल भएमा चीन प्रवेश गर्छ भनेरै डराएको छ ।
सार्क शिखर होस् भनेर केपी ओली प्रधानमन्त्री बन्नासाथ बधाई दिन र सार्क अध्यक्षलाई सम्मेलनका लागि तताउन पाक प्रधानमन्त्री आफै नेपाल आएका थिए । प्रम ओली सार्क नेपालका राजा वीरेन्द्रको ब्रेन चाइल्ड भएकाले नजानिदो विरोध र बिम्स्टेकको पक्षमा रहेको बुझाइ छ ।
भदौमा विम्स्टेकको बैठकको अगुवाई नेपालले गर्दैछ । बिम्स्टेक हुनुपर्छ, नेपालको बृहत्तर लाभका लागि पनि हुनुपर्छ, सार्कको महत्व कम छैन किन सरकार भारतको प्रभावमा आइरहेको हो ? बिम्स्टेकका मात्र कुरा गर्नुको अन्तर्यमा सार्क नब्यु“ताउने उद्देश्य रहेको बुझ्न गाह्रो छैन ।
बिम्स्टेकका सदस्यहरुमा नेपाल, भारत, म्यानमार, भूटान, बांगलादेश, श्रीलंका र थाइल्याण्ड गरी सातवटा देशहरु रहेका छन् । यसमा पाकिस्तान सहभागी छैन । पाकिस्तानलाई भारत एक त आप्mनै दुश्मन राष्ट्रका रुपमा व्यवहार गर्दछ, दोस्रो, पाकिस्तान मार्फत् चिनिया“ प्रभाव बढ्ने भयले भारत ग्रस्त रोगी देखिन्छ ।
गजब त के पनि छ भने पाकिस्तानलाई पन्छाउन भारत सफल होला, तर बिम्स्टेकका सदस्य सात राष्ट्रहरुमा भुटान बाहेक सबैमा चीनको राम्रो पकड र प्रभाव, र भातृत्व भारतको भन्दा बढी देखिन्छ ।
यसरी विश्लेषण गर्नेहरु भन्छन्– भारतले सार्कलाई सिध्याउन सक्ला, विम्स्टेकलाई सक्रिय पनि पार्ला । यसबाट पाकिस्तान पन्छाउन सके पनि चीनलाई पन्छाउन सक्नेछैन । चीन र पाक वीच राम्रो मित्रता छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper