banner
banner

प्रभू सात पटक प्रधानमन्त्री बनाइदेउ

म सात पटक प्रधानमन्त्री बन्छु भनेर तान्त्रिकको सुझावमा बक बक गर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चरीत्र ‘रस्सी जलगयी, पर बल नही गया’ जस्तो देखिएको छ ।
कांग्रेसको चुनाव चिन्ह रुख, एउटा रुख ढल्दा शेरबहादुरलाई लाभ भयो होला, समाजवादप्रति विश्वास राख्ने अनगिन्ति रुखको छहारीमा बस्नेहरु त पीडित भए, यसको भेउ अझै सभापतिमा देखिन्न ।
कम्युनिष्ट सरकारको नारा छ ‘समृद्ध नेपाल सुखी नेपाल’ । यो नारा कांग्रेसले लगाउन सक्नुपथ्र्यो । रुख प्रकृति हो, प्राकृतिक सम्पदाको संरक्षण र वातावरणको स्वच्छताका लागि कांग्रेसले जे गर्नुपथ्र्यो त्यो गरेन, शासक बनेर पनि गरेन, घोषणापत्रमा पनि गरेन र चुनाव हार्‍यो, आफैले आफैलाई हरायो ।
कांग्रेसका सभापति जनतातिर हेर्न छाडेर भगवान गुहारीरहेका छन् । जनताको नसनाडी छाम्न छाडेर आफ्नो नाडी ज्योतिषलाई देखाउन थालेका छन् । राजनीतिकर्मीको विश्वासर आस्था जनतामा हुनुपर्छ । जनता नै भगवान मान्नुपर्छ । तर कांग्रेसका सभापति यसरी आकाशे खेतीमा भर गर्छन् भने कांग्रेसले चुनाव त हार्छ हार्छ ।
घोषणापत्रमा जनअपेक्षा राख्न सकेको भए, जनअपेक्षामा प्रतिवद्ध छु भन्न सकेको भए कांग्रेस यसरी कम्युनिष्टको पेलानमा मरीच चाउरिएजसरी बस्नुपर्ने थिएन । राजनीतिका लागि ५ वर्ष केही पनि होइन, यो ५ वर्षमा आफ्ना गल्ती कमजोरी सच्याउने र जनतासँग भिजेर जनअपेक्षालाई आफ्नो मार्गदर्शक सिद्धान्तका रुपमा स्वीकार गर्नसके नेपाली कांग्रेस पलाउन सक्छ । संगठनभित्र देखिएको गुटबाजीको अन्त गर्नु पहिलो काम, वीपीवाद नै कांग्रेसको असली सिद्धान्त मान्नु दोश्रो काम र हिन्दुवादको पक्षमा उभिनु तेश्रो काम । यति ३ कार्यलाई कांग्रेसको घोषणापत्रमा उल्लेख गर्न सकेभने देउवा अर्को कार्यकालका लागिसमेत सभापति बन्नेछन् र अर्को चुनावमा कांग्रेस मेजर पार्टी भएर उठ्न सक्ने छ । के देउवाले यी काम गर्न सक्लान र ?

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper