banner
banner

मन्त्री प्रधानमन्ीलाई उपप्रमुखको शिक्षा

काठमाडौं । दाइजो थुपार्ने सम्पत्तिका मालिक मन्त्रीहरु तथा प्रधानमन्त्रीलाई  लहान नगरका उपप्रमुख सरियार चौधरीले आफ्नै छोरी मिन्छु चौधरीको विवाह दाइजोविहीन रुपमा सम्पन्न गरेर शिक्षा दिएकी छिन् । हुन त मन्त्री, प्रधानमन्त्रीले जनवादी विवाह गरेका अथवा दाइजो नै नलिई विहे गरेका हुन् तर यतिबेला दाइजो भनेर अकूत सम्पत्ति देखाएका मात्र हुन् । तथापि कानुनविपरितका यस्ता क्रियाकलाप गर्ने मन्त्रीहरु तथा प्रधानमन्त्रीलाई नगरकी उपप्रमुखले जुन उदाहरण दिएकी छिन्, नैतिक रुपमा त्यो राजनीतिक क्षेत्रलाई उदाहरण नै बनेको छ ।
दाइजोको महारोग सबैभन्दा बढी मधेसमा छ । मधेसबाटै दाइजो विरोधी विवाह सम्पन्न हुनु र यस्ता घटनालाई व्यापक प्रचार गर्न जरुरी छ । यस्तै सन्देशमूलक र अनुकरणीय कामले समाज सुधार हुने र सुशासन कायम हुने हो । २ नम्बर प्रदेशबाट सुरु भएको यो उदाहरणीय विवाहको विषयमा नेपाल सरकारले देशव्यापी रुपमा प्रचारप्रसार गर्न जरुरी छ । दाइजोबादी सरकार मौन किन ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper