banner
banner

रानीपोखरीमा धान रोप्ने कि ?

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले पहिलो कार्यकालमा पुनर्निर्माणको शिलान्यास गरेको रानीपोखरीको हालत दोश्रो कार्यकालको पहिलोवर्ष सकिन लाग्दासमेत घासे मैदानमा सिमित रहेको छ । रानीपोखरीको बालुवा, पुरातात्विक बस्तुहरु हराएका छन् भने पुरातत्व विभाग र महानगरका मेयर विद्यासुन्दर शाक्यवीचको दोहोरी अझै रोकिएको छैन । पुरातात्विक तरिकाले नै निर्माण थाल्ने भनिए पनि यसको पुनर्निमाणको साइत फेरि पनि सारिएको छ । ०७२ सालको भूकम्पले ध्वस्त भएको रानीपोखरी र वीचको बालगोपालेश्वरको मन्दिर महानगर, ठेकेदार, पुरातत्व विभागको लूट पोखरी बन्न पुगेको छ । शासकहरु दैनिक यही बाटो हिड्छन्, कुनै लज्जाबोध हुनेगरेको छैन । यसैले स्थानीयले भनेका छन्, यसपाली रानीपोखरीमा धान रोप्ने कि, असारे त्यसमा पनि इतिहासमै पहिलोपल्ट हिले वर्षा त सुरु भयो त ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper