banner
banner

वल्र्डकपले रुसमा आमा बढ्ने खतरा

१४ अर्व डलर खर्च गरेर यतिबेला रुसमा फुटबलको दशैं आइरहेको छ । फुटवलको खेलले विश्वलाई तताइरहेको यति नै बेला रुसी सरकारलाई विदेशी पुरुषहरुले रुसी महिलाहरुलाई आमा बनाइदिने खतराले सताएको छ ।
फुटबलको महाकुम्भका प्रारम्भिक चरणमै सेक्स र फुटबलको मितेरी देखेपछि रुसी सरकार झस्किएको छ र रुसकी एक वरिष्ठ सासंदले विदेशी खेलाडी, दर्शक अथवा व्यापारीहरुसँग यौन सम्बन्ध नराख्न रुसी महिलालाई चेतावनी दिएकी छिन् । रुसी संसदमा परिवार, महिला तथा बालबालिका समितिकी प्रमुख तामरा प्लेतन्योभाले सार्वजनिक रुपमा अन्तर्वार्ता दिदै रुसी महिलाहरु आमा बन्ने खतरा रहेकोमा विशेष चेतावनी दिएकी हुन् ।
रुसी सांसदका अनुसार रुसका महिलाहरुले विश्वकपको समयमा आएका विदेशी अश्वेत पुरुषसँग सेक्स गरेर अरु मिश्रित जातिका सन्तान जन्माउन सक्ने भएकाले त्यस्तो नगर्न उनले रुसी महिलाहरुलाई सचेत गराएकी हुन् ।
सन् १९८० को मस्को ओलम्पिकपछि विदेशी पिताबाट जन्मिने बच्चाको संख्या एक्कासी वृद्धि भएको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले विदेशी खेलाडी, दर्शक अथवा व्यापारीसँग यौन सम्बन्ध राख्न नहुने बताइन् ।
उनले सुखी परिवार, सँगै बस्न, बच्चाहरु जन्माउन र राम्रो शिक्षा दिनको लागि पनि रुसका नागरिकले एकअर्कालाई बिहे गर्नुपर्छ बाहिरबाट केही समयका लागि रुस आएकासँग शारीरिक सम्बन्ध राखेर बच्चा जन्माउनु हुन्न ।
विश्वकप फुटबलको मेला महिनादिनमा सकिनेछ तर त्यसपछिका दिनमा रुसमा एकल आमाहरुको संख्या र तिनले जन्माउने बच्चाको संख्या पनि बढ्ने खतरा छ भन्दै उनले अगाडि भनेकी छिन्– यसरी विदेशी पुरुष र रुसी महिलाबाट जन्मने यस्ता बच्चाहरुले पछि दु:ख पाउन सक्ने खतरा छ ।
रुसी महिलाहरु बढी कामुक हुनेगर्छन् र उनीहरु सशक्त व्यक्तिहरुसँग शारीरिक सम्बन्ध राख्न रुचाउँछन् । फुटबलको महाकुम्भ चलिरहेको रुसमा व्यापारी, खेलाडी, दर्शकहरु ओइरिएका छन् र तिनीहरुप्रति कामुक रुसी महिलाहरु आकर्षित भइरहेको सबैले देखेका छन् । सरकारको नजरबाट यो दृश्य नदेखिने कुरो भएन । त्यसैले सरकारले समयमै रुसी महिलाहरुलाई सावधान भनेको हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper