banner
banner

पाकिस्तानी महिला प्रहरी

यिनका नाम अनूश मसूद चौधरी हो । यिनी पाकिस्तान लाहोरकी प्रहरी अधिकारी बनेकी छिन् । केही समयदेखि यिनको यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ र महिलाहरुको यो सान र जोशले यिनी महिलाको प्रेरणा बन्न पुगेकी छिन् ।
त्यसो त मुस्लिम देशमा महिलाको यस्तो भेषलाई अनुमति छैन तर सुरक्षाकर्मी बनेकी मसूद चौधरीले अपराधविरुद्ध जुन प्रकारले कडाइका साथ पेश आइरहेकी छिन्, यसकारण पनि यिनको चर्चा छ ।
चर्चाको अर्को कारण यिनको सुन्दरतालाई मानिएको छ । खैबर पख्तूनख्वा प्रान्तकी पहिलो महिला असिस्टेन्ट सुपरिटेन्डेन्ट अफ पुलिस हुन् उनी । यिनको पद, यिनको सुन्दरता, यिनको काम गर्ने शैली र अपराधसँग लड्ने यिनको साहसले यिनलाई चर्चाको शिखरमै पुर्‍याएको छ भन्दा फरक पर्दैन ।
यद्यपि यिनी एमबीबीएस डाक्टर पनि हुन् । प्रहरीमा भर्ती हुनुअघि उनी चिकित्सक थिइन् । उनी मेडिसिनमा गोल्ड मेडलिस्ट हुन् । असाधारण क्षमतावान यी चौधरी महिलाले पाकिस्तानको मात्र होइन, सारा विश्वको ध्यान आफूतिर तानन सफलता हासिल गरेकी छिन् ।
समाचारअनुसार सन् २०११ मा सीसीएसमा छानिएपछि उनको तालिम एबोटाबादको प्रहरी तालिम केन्द्रमा भयो । त्यसपछि उनको पहिलो पोस्टिङ लाहौरमा भयो ।
अनूश अहिले लाहौरमा केन्ट डिभिजनमा क्राइम इन्भेस्टिगेसन डिपार्टमेन्टमा काम गरिरहेकी छन् । उनका पति पनि प्रहरीमै छन् ।
पाकिस्तान प्रहरीमा जम्मा ०.८९ प्रतिशत महिला छन् । धेरैभन्दा धेरै महिलाहरू प्रहरी बनून् भनेर उनले प्रहरी फोर्समा आएको बताएकी छन् । अनुसा चौधरी सुरक्षा निकायमा बढी महिलालाई प्रोत्साहन गरिरहेकी छिन् र पुरुषले भन्दा राम्रो काम गरेर महिलाको नाम बढाइरहेकी छिन् । अनुश चौधरीलाई बधाई छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper