banner
banner

गृहमन्त्री क्रिश्चियन क्याम्पमा

 पदम हमाल -  
अन्तत: गृहमन्त्री रामवहादुर थापालाई क्रिश्चियनहरुले आफ्नो प्रभावमा पारिछाडे । गृहमन्त्रीकै मुखबाट धर्म मान्न, छान्न र प्रचार गर्न पाइन्छ, जबरजस्ती र प्रलोभनमा पार्न पाइन्न भनेर भनाई छाडे । यतिमात्र होइन, क्रिश्चियन समुदायले आफूमाथि हिन्दुहरुले ठूलै प्रहार गर्न थालेको गुनासो गरेपछि यसमा म व्यवस्था मिलाउँछुसमेत भन्न बाध्य पारे । गत चैत २५ गते भएको धर्मगुरु श्री निवासले आफूमाथि आफैले गराएको विराटनगर पुगेर घटनामा सरकारले गम्भीरतासाथ लिएको अभिव्यक्ति दिनसमेत लगाए । क्रिश्चियनहरु बिस्तारै चुनाव, सत्तानिर्माण र सत्ताबाट आफ्नो समुदायको लाभको लागि प्रयोग गर्न सफल हुनथालेका छन् ।
नेपालमा १ सय २६ जाति छन् र अधिकांश जातिहरु सिमान्तकृत, गरीवीको रेखामुनी रहेका छन् । लण्डनको गार्जियन पत्रिकाले समेत ती गरीवहरुलाई पैसाको प्रलोभन देखाएर धमाधम धर्म परिवर्तन गराइरहेको प्रमाणसहितका समाचार छापिएका छन् । विश्वका अनेक मुलुकका सञ्चारमाध्यमले पनि नेपालमा क्रिश्चियन समुदाय बढाउन आइएनजीओहरु लागेको खबर आइनै रहेका छन् । राजनीतिक परिवर्तनका बेलामा ३ लाख रहेको इसाई समुदाय ३३ लाख पुगिसकेको तथ्य बाहिर आएको छ ।
सन २०२५ सम्ममा नेपालमा क्रिश्चियन कम्युनिटी करोडको हाराहारीमा पुर्‍याउने र क्रिश्चियन राष्ट्रको माँग उठाउन लगाउने र अर्को १० वर्षभित्र नेपाललाई क्रिश्चियन कन्ट्रको मान्यता दिलाउने गरी भेटिकनदेखि क्रिश्चियन कम्युनिटी नेपालमा लागिपरेको देखिदैछ । प्रत्येक गाउँ, टोल, सहरमा सानादेखि ठूलासम्म चर्चहरु खुलिरहेका छन्, चलिरहेका छन् । नपत्याउँदा व्यक्तिहरु जो हिजो हिन्दु थिए र आज क्रिश्चियन धर्म अँगाली सकेका छन्, ती मन्त्री, सभामुख, सांसद बनेका छन् भने केही समयभित्रै सेनाको प्रधानकमाण्ड सम्हाल्ने व्यक्ति पनि नयाँ इसाई हुनसक्ने बताइदैछ । बिस्तारै हिन्दुराष्ट्र इसाई राष्ट्र परिवर्तन हुनथालेन त ? कठै हिन्दुत्व ? 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper