banner
banner

लाइन्स क्लव अफ नेपाली पत्रकार

लाइन्स क्लव अफ नेपाल जार्नालिष्टस् गठन भएको छ । अन्तर्राष्ट्रिय लाइन्स क्लवले यस प्रकारको लाइन्स संगठन विश्वमै पहिलो भएकोमा खुशी व्यक्त गर्दै मान्यता दिएको छ ।
पत्रकारहरु समाज सुधारक हुन् । सरकार र जनतावीचको माध्यम बनेर जनआवाजलाई सरकारसम्म र सरकारका नीति कार्यक्रमलाई जनतासम्म पुर्‍याउने माध्यम भनेकै पत्रकार हुन् ।
पत्रकारहरुले सरकारका गलत नीति निर्णयलाई सच्याउन दबाब दिने र जनपयोगी कार्य गर्दै आइरहेका छन् । नेपालको सन्दर्भमा त पत्रकारहरु राजनीतिक परिवर्तनमा समेत मुख्य भूमिका निर्वाह गरेर आएको बर्ग हो । यो बर्गले लायन्स क्लवजस्तो अन्तर्राष्ट्रिय समाज सेवा गर्ने संस्थामा आवद्ध भएर आफैलाई लायन्सका रुपमा समेत प्रस्तुत गर्न अग्रसरता देखाउनु भनेको सबै पत्रकारहरुका लागि गौरवको विषय हुनुपर्छ । आजसम्म किन कुनै पनि देशका पत्रकारले लायन्समा आवद्धता जनाएर अग्रसरता देखाएनन्, नेपाल यसमा पहिलो हुनपुग्यो, यो पनि राष्ट्रिय विषय हुनपुगेको छ ।
लायन्स क्लव अफ जर्नार्िलस्ट क्लवको  पूर्ण बैठक सम्पन्न  भएको  छ ।  क्लवका अध्यक्ष  योगेन्द्र प्रताप शाहीको  अध्यक्षतामा  सम्पन्न  बैठकले  कल्वको विधिगत संरचना अनुरुप कार्य समितिलाई पूर्णता दिएको  हो  । 
जस अनुसार योगेन्द्र प्रताप शाहीको अध्यक्षतामा  वोर्डका उपाध्यक्षद्वय निरञ्जन ओझा, नेत्र प्रसाद न्यौपाने रहेका छन् भने सचिव र  सहसचिवमा श्रीजन झा र नरेन्द्र मानन्धरलाई चयन गरिएको छ । त्यसैगरी  कोषाध्यक्ष र सह कोषाध्यक्षमा  क्रमस:  मञ्जु शाही र शुभाञ्जली मानन्धर  रहेका  छन्, कार्य समिति सदस्यहरुमा  गणेश कुमार शर्मा, यज्ञ ढकाल, हिरा आले, सन्तोष गौतम, शिव पाण्डे  सुनिता कोइराला लगायतका  व्यक्ति  लायन्स सदस्य बनेका छन् । पत्रकारको त्यसै पनि समाजप्रति गहन दायित्व रहनेगर्छ, अव त लायन्सजस्तो संस्थामा आवद्ध भएपछि झन बढी दायित्व निर्वाह गर्नुपर्ने हुन्छ ।
पत्रकारिता र समाजका अन्य विधा र विषयमा समेत दख्खल भएका र फोटो पत्रकारसमेत यो लायन्स क्लवमा आवद्ध रहेका छन् । यसकारण पनि यो लायन्स क्लवले राम्रो काम गरेर राष्ट्रिय छविलाई अरु उज्यालो पार्ने विश्वास लिन सकिन्छ । यस संस्थालाई के कसरी अघि बढाउन उपयुक्त होला, यो संस्थाले सुझावको पनि अपेक्षा गरेको छ । यो साझा संस्थाको रुपमा चल्न चाहन्छ ।
यही बैठकले  क्लवको  इन्टरनेशनल फाउण्डेशन डाइरेक्टरमा  राजन कार्की, पब्लिक रिलेसन अफिसरमा  रोसन कार्की र विधागत डाइरेक्टरमा  प्रज्ज्वल थापा, प्रवीन श्रेष्ठलाई जिम्मेवारी  दिएको  छ  । क्लवका  सचिव श्रीजन झाद्वारा जारी विज्ञप्तिमा   पत्रकारहरुको  संगठित  प्रस्तुत  क्वलले  आफ्ना क्रियाकलाप  सूचना प्रवाह गर्ने लक्ष्य  सहित  समाचार एवम् सूचनामूलक  अनलाइन  समेत सञ्चालन गर्ने  नीतिगत निर्णय गरेको  उल्लेख गरिएको  छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper