banner
banner

अव आउने अमेरिकी नयाँ राजदूत

र्‍याण्डी डब्लु बेरी समलिंगी अधिकारकर्मी, बाराक ओवामाको कार्यकालमा समलिंगी अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय दूत : अमेरिकी राष्ट्रपतिले नेपालका लागि नयाँ राजदूतको चयन गरेका छन् । यो चयनलाई सिनेटले मञ्जुरी दिइसकेकाले केही समयपछि यिनी नेपाल राजदूतका रुपमा आउने भएका छन् ।
बेरी सन २००७–२००९ को अवधिमा पनि डेपुटी मिसन भएर नेपाल बसिसकेका व्यक्तित्व हुन्, यिनले नेपालको राजनीति र नेपाली जनताको सहज व्यवहारको पारखी मानिन्छन् । दक्षिण एसियाको विशेष अध्ययन पनि गरेका हुनाले यिनी अमेरिकी नीतिलाई राजदूतको रुपमा सफल पार्न सक्ने व्यक्ति भनेर चयन गरिएको हुनसक्छ । पछिल्लो समय चीन नेपालमा आक्रामक रुपमा पसेको र भारतले पनि नेपाललाई पुरातन प्रभावबाट मुक्त नछाड्ने रणनीति लिएको सन्दर्भमा यिनको चयनलाई अर्थपूर्ण मानिएको छ । कूटनीतिक ज्ञाताहरु यसै भन्छन् ।
अहिले एलाइना बी टेप्लेजले कार्यकाल पूरा गर्न लागेकी छिन् । उनको सफलतालाई धन्यवादको रुपमा उनलाई नेपालबाट श्रीलंका र मालदिभ्सका लागि राजदूतकै रुपमा स्थानान्तरण गर्न लागिएको छ । नेपालका लागि चयन भएका बेरी १९९३ मा अमेरिकाको परराष्ट्र सेवामा प्रवेश गरेका बेरीले नेपाल, बंगलादेश, इजिप्ट, साउथ अफ्रिका र युगान्डाका अमेरिकी नियोगमा रहेर कुटनीतिज्ञको भूमिका निर्वाह गरिसकेका छन् । उनको कार्यकाल कस्तो हुनेछ भनेर नेपालमा परिचर्चा सुरु भएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper